Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारबंगलादेशमा रनर र बजाज मिलेर तीनपांग्रे सवारीसाधन उत्पादन गर्ने

बंगलादेशमा रनर र बजाज मिलेर तीनपांग्रे सवारीसाधन उत्पादन गर्ने


ढाका ।
बंगलादेशको स्थानीय मोटरसाइकल निर्माता रनर अटोमोबाइलले बजाज अटोसँग मिलेर मिमेनसिंहमा तीन पांग्रे सवारीसाधन उत्पादन गर्ने भएको छ । दुई कम्पनी मिलेर ३ अर्ब टाका खर्च गरी म्यानुफ्याक्चरिङ प्लान्ट स्थापना गर्ने बताइएको छ ।

रनर अटोमोबाइल्सका प्रबन्धनिर्देशक तथा सीईओ रिजुल चौधरीले बंगलादेशको अटोमोबाइल उद्योगको विकासमा योगदान गर्न बजाजसँग साझेदारी गर्नलागेको बताए । यसबाट सुपथ मूल्यमा ग्राहकले सवारीसाधन पाउने उनको भनाइ छ । दुई कम्पनीले यससम्बन्धी सम्झौता समेत गरिसकेका छन् । दुई कम्पनीको सम्झौतालाई रनरको निर्देशक बोर्डले स्वीकृति दिइसकेको छ । सम्झौताअनुसार रनरले बजाज आरई फोरएस थ्रिह्विलरको उत्पादन तथा बिक्री गर्नेछ ।

यसका लागि बजाज अटोले प्राविधिक सहयोग गर्नेछ । यो प्लान्ट बंगलादेशको पहिलो अन्तर्राष्ट्रिय तीनपांग्रे उत्पादन प्लान्ट बन्ने बताइएको छ । बंगलादेशमा बजाजको राम्रै उपस्थिति छ । यसबाट बजाजको बजार हिस्सा बढ्नेछ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया