Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतमा सरकारी खरिद अनलाइन प्रणालीमा गर्न जोड

भारतमा सरकारी खरिद अनलाइन प्रणालीमा गर्न जोड


नयाँ दिल्ली ।
कोरोना महामारी सुरु भएयता संसारभर नै अनलाइन खरिदबिक्री बढेको छ । यस्तो अवस्थामा भारतमा हुने सरकारी खरिद सबै अनलाइन प्रणालीबाटै गर्न जोड दिइएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार भारतमा वर्षेनी तीन सय खर्ब भारुको सरकारी खरिद हुन्छ । अब भने यसमध्ये अधिकांश खरिद अनलाइनबाट हुनेछ । भारतमा चार वर्षयता यस्तो खरिदका लागि अनलाइन मार्केटप्लेस प्रचलनमा छ । सरकारी खरिद प्रक्रिया अनलाइनबाट गर्दा धेरै नै प्रशासनिक खर्च बचत हुनेछ । त्यसका साथै कम समय लागत र पारदर्शिता पनि भरपर्दो गरी हुनेछ ।

सोही कारण सरकारले आफ्नो खरिद प्रणालीलाई अनलाइन बनाउन लागेको हो । यसबाट सरकारी ढुकुटीमा १ अर्ब अमेरिकी डलर बचत हुने बताइएको छ । अहिले गभर्नमेन्ट इमार्केटप्लेसबाट सबैजसो मन्त्रालयहरुले खरिद गर्दै आएका छन् । यसबाट सरकारी कम्पनीलाई पनि राम्रै फाइदा हुने बताइएको छ । उक्त मार्केटप्लेसमा मारुती, हिन्दुस्तान युनिलिभर, टाटा मोटर्सजस्ता कम्पनीहरु दर्ता भएका छन् । सरकारले यो प्लेटफर्ममा गाडी, कम्प्युटर, फर्निचरलगायतका सामान खरिद गर्छ ।

भारतको कुल गार्हस्थ्य उत्पादनको करिब दुई सय लाख करोड रहेको छ । यसको करिब १८ प्रतिशत सरकारी खरिद हुने गरेको छ । यसको एक चौथाइ काम अनलाइनबाटै हुने गरेको छ । हतियार लगायतको खरिद भने अनलाइनबाट सम्भव हुँदैन । अहिले वर्षेनी करिब साढे तीन अर्ब डलरको सरकारी खरिद अनलाइनबाटै भइरहेको छ । आगामी पाँच वर्षमा यो बढेर एक सय अर्ब डलर पुग्नेछ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया