Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतमा एकैदिनमा ८६ हजार नौ सय ६१ संक्रमित

भारतमा एकैदिनमा ८६ हजार नौ सय ६१ संक्रमित


नयाँ दिल्ली  ।
भारतमा कोरोनाभाइरसबाट एक दिनमा ८६ हजार नौ सय ६१ संक्रमित थपिएका छन् । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट संक्रमित भएकाहरुको कुल संख्या ५४ लाख ८७ हजार पाँच सय ८१ पुगेको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा पछिल्लो २४ घण्टामा मात्रै कोरोनाकै कारणले एक हजार एक सय ३० जनाको मृत्यु भएको जनाएको छ । यसैसँगै भारतमा कोरोना भाइरसबाट मृत्यु हुने व्यक्तिको संख्या ८७ हजार आठ सय ८२ पुगेको छ ।

भारतमा कुल संक्रमित मध्ये अहिले पनि दश लाख तीन हजार दुई सय ९९ जना संक्रमित अवस्थामै रहेका छन् । कु संक्रमित मध्ये ४३ लाख ९६ हजार तीन सय ९९ जना भने संक्रमणमुक्त भइसकेका छन् । प्रदेशअनुसार हेर्दा सबैभन्दा धेरै महाराष्ट्र प्रदेशमा संक्रमित भएका छन् । महाराष्ट्रमा अहिले पनि दुई लाख ९८ हजार पाँच सय ८३ जना संक्रमित अवस्थामै रहेका छन् भने कर्नाटकमा एक लाख एक हजार एक सय ४८ जना संक्रमितहरु छन् ।

त्यसैगरी आन्द्र प्रदेशमा ८१ हजार सात सय ६३ जना, संक्रमितहरु रहेका अधिकारीहरुले जनाएका छन् । भारतीय मेडिकल रिसर्ज काउन्सीलका अनुसार भारतमा अहिलेसम्म छ करोड ४३ लाख ९२ हजार पाँच सय ३४ जनाको कोरोना परीक्षण गरिएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया