Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतको इन्धन आयात उच्च वृद्धि

भारतको इन्धन आयात उच्च वृद्धि


नयाँ दिल्ली, पुस १०
भारतको इन्धन आयात नोभेम्बर महिनामा सात महिनायताकै उच्च रुपमा बढेको छ । रोयटर्सका अनुसार डिजल निर्यात पनि दुई वर्षयताकै उच्च रुपले बढेको छ । सुस्ताउँदो अर्थतन्त्रका कारण घरेलु बजारमा इन्धन माग समेत घटेको छ भने प्रशोधनको कामले पनि उस्तै गति लिएको छ । भारतको नोभेम्बर महिनामा इन्धन आयात १२.७ प्रतिशतले बढेर ४७ लाख ब्यारेल प्रतिदिन पुगेको बताइएको छ । जुन अप्रिल महिनायताकै धेरै आयात हो ।

उक्त तथ्यांक तेल मन्त्रालयको पेट्रोलियम प्लानिङ एण्ड एनालाइसिस सेल (पीपीएसी)ले निकालेको हो । यसअघि रिफाइनरी (प्रशोधन गृह)को मर्मत गरिएकाले अघिल्ला महिनामा कम आयात भएको बताइएको छ । हाल ती सबै रिफाइनरीहरु पूर्ण क्षमतामा सञ्चालनमा आएका छन् । भारत विश्वकै तेस्रो ठूलो इन्धन आयात गर्ने र देश हो । सन् २०२० को अप्रिलदेखि भारतले युरो ६ इन्धन प्रयोग गरी कार्बन उत्सर्जन कटौतीमा सघाउने प्रतिबद्धता जनाएको छ । यस्तै नोभेम्बरमा प्रशोधित इन्धन निर्यात १६.४ प्रतिशतले बढेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x