Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचीनमा गरिबी निवारण गर्न १५ खर्ब परिचालन

चीनमा गरिबी निवारण गर्न १५ खर्ब परिचालन


बेइजिङ ।
चीनले विगत पाँच वर्षमा गरिबी निवारणका लागि १५ खर्ब चिनियाँ युआनभन्दा बढी लगानी गरेको सरकारी अधिकारीले आइतबार जानकारी गराएका छन् । चीनको राष्ट्रिय विकास बैंकद्वारा सार्वजनिक गरेको तथ्यांकमा सन् २०१६ देखि चालू वर्षको अगष्टसम्ममा गरिबी निवारणका लागि चिनियाँ राष्ट्रिय विकास बैंकले १५ खर्ब चिनियाँ युआनको ऋण परिचालन गरेको बताएको छ । बैंकले गरिबी निवारणका लागि अल्पसंख्यक तथा गरिब समुदायको आर्थिक तथा सामाजिक दिगो विकासका लागि उक्त ऋण सहयोग दिएको हो ।

केही वर्षयता सरकारको गरिबी निवारणको नीतिलाई मजबुत बनाउनुका साथै बैंक र सरकारबीचको सहयोगलाई बलियो पारिएको र जिम्मेवारीलाई व्यवहारमा उतार्दै गरिब समुदाय रहेका क्षेत्रमा गरिबी निवारण कार्यक्रमलाई प्रोत्साहन गरिएको छ । बैंकले मध्य तथा दीर्घकालीन समयका लागि ऋण लगानी गर्दै बैंकिङ सेवाद्वारा नागरिक अर्थतन्त्रको महत्वपूर्ण मध्य तथा दीर्घकालीन विकास रणनीतिका लागि सेवा प्रदान गरेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया