अमेरिकाद्वारा इरानविरुद्ध नयाँ प्रतिबन्ध घोषणा
वासिड.टन डीसी ।
संयुक्तराज्य अमेरिकाले इरानी अधिकारीहरु र संस्थाविरुद्ध नयाँ प्रतिबन्धहरु लगाएको घोषणा गरेको छ । इरानविरुद्ध नाकाबन्दी लगाउने सम्बन्धमा राष्ट्रसंघमा सहमति नजुटेपछि अमेरिकाले एकतर्फी रुपमा प्रतिबन्ध लगाएको हो ।
इरानी रक्षामन्त्री र भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरो समेतका व्यक्तिविरुद्ध प्रतिबन्धहरु लगाउनेसम्बन्धी एक कार्यकारी आदेशमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेको अमेरिकी मिडियाले जनाएका छन् । कार्यकारी आदेशमा हस्ताक्षर गरेलगत्तै जारी गरिएको वक्तव्यमा राष्ट्रपति ट्रम्पले भनेका छन्, ‘मेरो आदेशले इरानी सत्ता र इरानविरुद्ध उभिन अस्वीकार गर्ने अन्तर्राष्ट्रिय समुदायका लागि स्पष्ट सन्देश दिएको छ । मेरो प्रशासनले इरानलाई आणविक, ब्यालिस्टिक क्षेप्यास्त्र र परम्परागत घातक हातहतियारको निर्माण रोक्न हरसम्भव प्रयत्न गर्नेछ ।’
अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले जारी गरेको अर्को वक्तव्यमा इरानविरुद्ध हतियार आपूर्ति रोक्ने राष्ट्रसंघीय प्रतिबन्धहरु अब अनिश्चितकालसम्म जारी रहने दाबी गरेका छन् । उनले इरानले आफ्नो व्यवहारमा परिवर्तन नल्याउँदासम्म यी प्रतिबन्धहरु लागू भइरहने बताए । विदेशमन्त्री पोम्पेओले प्रतिबन्ध उल्लंघन गर्नेविरुद्ध जवाफदेही बनाइने पनि बताए ।
राष्ट्रसंघ सुरक्षा परिषद्मा सहमति नभए पनि संयुक्तराज्य अमेरिकाले एकपक्षीय रुपमा इरान विरुद्ध राष्ट्रसंघीय प्रतिबन्धहरु लागू भएको घोषणा गरेको छ । केही जानकारहरुले इरान विरुद्ध एकपक्षीय प्रतिबन्ध घोषणा गर्ने कानुनी अधिकार अमेरिकासँग नरहेको जिकिर गरेका छन् । अमेरिकी रक्षामन्त्री मार्क एस्परले राष्ट्रपति ट्रम्पको कार्यकारी आदेशले इरानमाथि थप दबाब सिर्जना गर्ने विश्वास व्यक्त गरे ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया