राष्ट्रसंघको महासभा यसपटक बन्यो अनौठो महासभा
संयुक्त राष्ट्रसंघ ।
संयुक्त राष्ट्रसंघको यस बर्षको महासभा अपूर्व महासभा बनेको छ । कोरोनाभाइरसको महामारीका कारण राष्ट्रसंघको इतिहासमै अहिलेसम्म नभएको अनौठो महासभा अहिले भएको हो । महासभामा सहभागीहरु नआउने र उनीहरुले भिडियो मार्फत् सम्वोधन गर्ने व्यवस्था गरिएकाले अहिले महासभास्थल सुनसान रहेको छ । तर महासभा भने विद्युतीय माध्यम मार्फत् सञ्चालन भइरहेको छ ।
महासभामा विश्वभरका नेताहरुले सम्वोधन गर्ने, एक अर्कालाई भेट्ने, छलफलहरु गर्ने, सम्बन्ध बलियो बनाउने तथा सुधार्ने प्रयास गर्ने हुँदै थियो । तर अहिले भने भौतिक उपस्थिति जनाउन नसकेपछि औपचारिकताका लागि भिडियो सम्बोधन मात्रै भएको छ । महासभा चलिरहेका बेला राष्ट्रसंघको न्यूयोर्कस्थित मुख्यालय परिसरमा सुरक्षा व्यवस्था अत्यन्त चुस्तदुरुस्त राख्नका लागि ठूलो संख्यामा सुरक्षाकर्मीहरु परिचालन गरिने गरेको भएपनि अहिले भने निकै थोरै मात्रै सुरक्षाकर्मीहरु देखिएका छन् ।
राष्ट्रसंघ मुख्यालय वरीपरीको अहिलेको अवस्था हेर्दा महासभा चलिरहेको बेलाको जस्तो नदेखिएर अन्य सामान्य अवस्थाको बेला जस्तो देखिएको छ । यहाँ अहिले केही सुरक्षाकर्मी, केही कर्मचारी र अलिअलि पत्रकारहरु मात्रै देखिने गरेका छन् । राष्ट्रसंघको महासभा भइरहेको बेला मुख्यलय रहेको न्युयोर्क शहरकै चहल पहल फरक हुने गरेको स्थानीयको अनुभव छ ।
महासभा चलिरहेका बेला विश्वभरका नेताहरुको ध्यानाकर्षण गर्न धेरै प्रदर्शनहरु हुने र विभिन्न प्रदर्शनीहरु पनि चलाइने गरिन्थ्यो । सभा हलमा विश्वका नेताहरुको अनुपस्थिति विना पनि महासभा होला भन्ने यसअघि कहिल्यै अपेक्षा तथा अनुमान गरिएको थिएन । झण्डै सात हेक्टर क्षेत्रफलमा फैलिएको मुख्यालयको पूर्वी नदीमा कुनै सुरक्षा डुंगाहरु छैनन् । खटाइएका केही सुरक्षाकर्मीलाई पनि कुनै हतारो र दौडधुप छैन ।
अहिले चलिरहेको ७५औं महासभामा सहभागिताका लागि हस्ताक्षर गर्न कोही नेता नआए पनि भाषणहरु भने चलि नै रहेको छ । राष्ट्रसंघले महासभाका लागि दिइने मन्तव्य पहिले नै आफ्नै देशमा भिडियो रेकर्ड गरेर पढाउन आह्वान गरेको थियो । सोही आह्वान अनुसार पठाइएका भिडियो रेकर्ड भएको भाषण अहिले प्रसारण गर्दै महासभा चलिरहेको छ । महासभा संचालन हुने हलमा कोही मानिस नै नभएका चाहिँ होइनन्, त्यहाँ झण्डै दुई सय मानिस भने रहेका छन् ।
अहिले हलमा रहेकाहरु पनि सामाजिक दूरी कायम गर्ने, मास्क अनिवार्य लगाउनेलगायतका आधारभूत स्वास्थ्य मापदण्ड अपनाउनु पर्ने नियम बनाइएको छ । मुख्यालय वरिपरि व्यापार व्यवसाय गर्दै आएकाहरुले पनि अहिले राम्रो व्यापारको मौका गुमेको गुनासो गरेका छन् । आफूलाई मारिया नाम बताउने एक स्थानीय व्यवसायीले अघिल्लो वर्षको स्मरण गर्दै भने, ‘अघिल्लो बर्ष यहाँ अति धेरै मानिसहरु आएका थिए, अहिले त एक जना मात्रै ग्राहक छन् ।’ (रासस/सिन्ह्वा)
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया