सधैँलाई अनलाइन बिक्रीमा रुपान्तरण हुने नाइकको तयारी
अमेरिका ।
स्पोर्ट्सवेयर कम्पनी नाइकले कोरोना महामारीमा बाध्यताले अनलाइन बिक्री गरे पनि यसमा ग्राहकको रुचि बढेकाले अब सधैँलाई अनलाइनमै रुपान्तरण हुने तयारी गरेको छ । यो महामारीका दौडान जुन–अगस्ट त्रैमासिकमा ८२ प्रतिशत बिक्री भएपछि यसलाई निरन्तरता दिने आशा गरेको कम्पनीले बताएको छ ।
मंगलबारमात्रै कम्पनीले १० अर्ब डलरको आम्दानी गरेको विवरण सार्वजनिक गरेको छ । उसको चीनलगायत धेरै मुख्य बजार महामारीबाट उत्रिसकेको छ । त्यसअघि कम्पनीको बजार महामारीका कारण जारी लकडाउन र स्टोरबन्दीले खस्केको थियो । कम्पनीका प्रमुख कार्यकारी जोन डोनाहोइले अब कम्पनी सधैँका लागि अनलाइन बिक्रीमा शिफ्ट हुनसक्ने बताए ।
‘अहिले अनलाइन कारोबार सामान्यजस्तै भइसकेको छ’, उनले भने, ‘अब बजार फेरि पुरानै शैलीमा फर्किँदैन होला किनकि अनलाइनमा रुचि बढ्दो छ ।’ कम्पनीका अनुसार चीन, जापान, दक्षिण कोरिया र बेलायतमा अनलाइन बिक्री राम्रो भइरहेको छ भने उत्तर अमेरिकामा भने बजार खस्किरहेको छ ।
नाइकले आफ्नो वेबसाइट र शपिङ एप्लिकेसनमार्फत बिक्री गरिरहेको छ । उसले अनलाइनमार्फत सिधै ग्राहकसँग जोडिने मौका पनि पाएको छ । यसले स्टोर र खुद्रा पार्टनर घटाएको छ । महामारीका कारण जिमहरु बन्द भएपछि कम्पनीले सामान्य जुत्ताहरुमा मानिसहरुको रुचि र माग बढेकोले सोहीअनुसार अगाडि बढेको बताएको छ । त्यस्तै नाइकको अर्को प्रतिस्पर्धी कम्पनी एडिडासले पनि आफ्नो बजार बिक्री बढिरहेको बताएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया