भारतमा कोरोना संक्रमित ६० लाख नजिक, ९४ हजारको मृत्यु
नयाँदिल्ली ।
भारतमा कोरोनाभाइरसबाट संक्रमित हुने व्यक्तिको संख्या ५९ लाख ९२ हजार पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । मन्त्रालयले पछिल्लो २४ घण्टामा ८८ हजार छ सय जना नयाँ संक्रमित थपिएको पनि जनाएको छ । साथै पछिल्लो २४ घण्टामा एक हजार एक सय २४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
भारतमा योसँगै कूल मृत्यु हुनेको संख्या ९४ हजार ५०३ पुगेको छ । मन्त्रालयका अनुसार ९ लाख ५६ हजार चार सय दुई जनामा सक्रिय कोरोनाको अवस्था छ भने ४९ हजार ४१ हजार छ सय २८ जना निको भएका छन् ।
कोरोनाभाइरसबाट सबैभन्दा बढी महाराष्ट्र राज्य प्रभावित भएको छ । यहाँ २ लाख ६९ हजार पाँच सय ३५ जना संक्रमित अवस्थामा छन् भने कर्नाटक राज्यमा एक लाख १ हजार आठ सय एक जना, आन्ध्र प्रदेशमा ६५ हजार सात सय ९४ जना, उत्तर प्रदेशमा ५७ हजार ८६ तथा तामिल नाडू राज्यमा ४६ हजार तीन सय ३६ जनामा संक्रमण सक्रिय अवस्थामा रहेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- सहरमा भुस्याहा कुकुरको व्यवस्थापन
- भ्रष्टाचारको आरोपमाथि स्वतन्त्र छानबिन गर
- क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको अध्यक्षमा पुनः न्यौपाने
- नाम्दु सबस्टेसन मंसिरभित्रै सञ्चालनमा आउने
- उत्पादनको १७ प्रतिशत कफी विदेश निर्यात
- टेलिकमको नाफामा गिरावट
- अवैध सुनको आयात बढ्दा भारतीय रूपैयाँको मूल्य बढ्यो
- बैंकहरूले घटाए ब्याजदर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया