Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारक्यानडामा अक्टोबर महिनामा पनि विदेशी यात्रुलाई निषेध

क्यानडामा अक्टोबर महिनामा पनि विदेशी यात्रुलाई निषेध


ओटावा ।
विदेशी यात्रुहरुलाई स्वदेश प्रवेश निषेध गर्ने निर्णयलाई क्यानडाले फेरि एक महिना लम्ब्याएको छ । कोरोनाभाइरसको महामारीका कारण विदेशी नागरिकलाई स्वदेश भित्रिन प्रतिबन्ध लगाउँदै आएको क्यानडाले अक्टोबर महिनाभर प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

देशका सार्वजनिक सुरक्षामन्त्री बिल बलैरद्वारा जारी वक्तव्यमा विदेशहरुलाई यही अक्टोबर ३१ सम्म आउन नदिने निर्णय भएको उल्लेख गरिएको छ । यस्तो प्रतिबन्ध अमेरिकी देशबाहेकका देशबाट आउनेहरुलाई मात्रै लगाइएको पनि उनले स्पष्ट पारेका छन् । उनका अनुसार यस्तो प्रतिबन्ध अस्थायी हो । कोरोनाभाइरसको संक्रमणको खतरा कम भएपछि खुल्ला गरिने उनको भनाइ छ ।

मन्त्री बलैरले अस्थायी कामका लागि आउनलागेका र कुटनीतिक अधिकारीहरुलाई पनि संघीय सरकारले आउनका लागि अनुमति दिन भने सक्ने स्पष्ट पारे । क्यानाडामा विदेशबाट आउनेहरुका लागि अहिले पनि क्वारेन्टाइन सम्वन्धी कडा व्यवस्था कायमै छ । यस्तो व्यवस्था गत मार्च ५ तारिखदेखि लागु भएको हो । क्वारेन्टाइनसम्बन्धी कानुनी व्यवस्था उल्लङ्घन गर्नेलाई दण्ड र जरिवानाको पनि व्यवस्था गरिएको अधिकारीहरुले जनाएका छन् । उनीहरुलाई छ महिनासम्म कारावास सजाय हुनसक्ने व्यवस्था गरिएको छ ।

कोरोनाभाइरसको महामारीबाट प्रभावित देशहरुको सूचीमा क्यानडा २६औँ क्रममा रहेको छ । क्यानडामा अहिलेसम्म एक लाख ५८ हजार सात सय ५८ जना संक्रमित भएका छन् । तीमध्ये अहिलेसम्म नौ हजार दुई सय ९७ जनाको मृत्यु भएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया