श्रमिकमाथि अत्याचार गरेको भन्दै मलेसियाली पाम तेल उत्पादकमाथि अमेरिकाले लगायो प्रतिबन्ध
वासिड.टन् ।
अमेरिकी भन्सार तथा सीमा संरक्षण (सीबीपी)ले मलेसियाली पाम तेल उत्पादकमाथि श्रमिकमाथि अत्याचार गरेको भन्दै प्रतिबन्ध लगाएको छ । सीबीपीले शारीरिक तथा यौनिक हिंसालगायतलाई कारण देखाउँदै एफजीभी होल्डिङ्समाथि प्रतिबन्ध लगाएको हो ।
उक्त कम्पनी र यसका सहायक कम्पनीबाट भएको शिपमेन्ट पनि अमेरिकी प्रवेश विन्दु बन्दरगाहमै राखिने जनाइएको हो । यसैबीच, एफजीभीले वक्तव्य जारी गर्दै श्रमिकको अवस्था सुधार्न ठोस कदम चालेको दाबी गरेको छ । सीबीपीले भने एक वर्ष लामो अनुसन्धानपछि कामदारमाथि अनावश्यक कडाइ गरेको, एक्ल्याएको, शारीरिक र यौनिक हिंसामा पारिएको, डर, धम्की र त्रासको वातावरण सिर्जना गरिएको, तलब रोक्का गरिएको, डेब्ट बन्डेज, श्रमशोषण र खराब बसोबास अवस्था र जबर्जस्ती ओभरटाइम काम लगाएको पाइएको आरोप लगाएको छ । त्यस्तै बाल कामदार पनि कम्पनीले लगाएको आरोप लगाइएको छ ।
एफजीभी मलेसियाली सार्वजनिक कम्पनी हो । यसले मलेसियाको वार्षिक कच्चा पाम तेल उत्पादनमा १५ प्रतिशत हिस्सा ओगटेको छ । पाम तेल विभिन्न खाद्य परिकार, कस्मेटिक र फर्मास्युटिकल्स तथा बायोफ्युल्समा प्रयोग हुन्छ ।
अमेरिकाले सन् २०१६ देखि श्रमशोषणबाट हुने उत्पादनमाथि प्रतिबन्ध लगाउँदै आएको छ । यसअघि अमेरिकाले चीनको सिन्जियाङ प्रान्तबाट आउने उत्पादनमा पनि प्रतिबन्ध घोषणा गरेको थियो । चिनियाँ उत्पादन पनि श्रमशोषणबाट भएको भन्दै उक्त प्रतिबन्ध लगाइएको थियो । तर एफजीभीले भने यसबाट दुःखी भएको जनाएको छ । उसले कामदारको अवस्था सुधारमा ठोस कदम चालिरहेको र चाल्ने जनाएको छ ।
मानवअधिकारलाई पनि आफूले ध्यान दिने कम्पनीले प्रतिबद्धता जनाएको छ । उक्त कम्पनीमा धेरै अन्तर्राष्ट्रिय श्रमिक रहेका छन् । जसमध्ये ११ हजार इन्डोनेसियाली र ५ हजार भारतीय कामदार छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया