कोरोनाले बदलेको व्यापारको प्रकृति
लन्डन ।
विश्वकै दोस्रो ठूलो फेसन रिटेलर एचएण्डएमले दुई सय ५० वटा स्टोर बन्द गर्ने भएको छ । स्विडेनको उक्त कम्पनीले विश्वभरबाट साढे दुई सय स्टोर बन्द गर्नलागेको बीबीसीले जनाएको छ ।
कम्पनीका अनुसार अर्को वर्ष ती स्टोरहरु बन्द हुनेछन् । विश्वमा कोरोना संकट गहिरिँदै जाँदा व्यवसाय पनि अनलाइनतर्फ मोडिएको छ । धेरै कम्पनीहरुले अनलाइन व्यवसायमा आफूलाई रुपान्तरण गरेका छन् । यद्यपि एचएण्डएमको सेप्टेम्बरमा भने राम्रै व्यापार भएको बताइएको छ । तर अघिल्लो वर्षको सोही अवधिमा भन्दा पाँच प्रतिशतले कम बिक्री भएको छ ।
उक्त कम्पनीको विश्वभर पाँच हजार स्टोरहरु रहेका छन् । उसले स्टोर बन्द गर्नेबारे विस्तृतमा केही बताइसकेको छैन । अगस्ट ३१ सम्मको नौ महिनामा कम्पनीको करअघिको नाफा घटेर २ अर्ब ३७ करोड स्विडिस क्रोनमा झरेको बताइएको छ । यसअघि नै कम्पनीका १ सय ६६ स्टोर बन्द भइसकेका छन् भने अझै धेरै स्टोरहरु विभिन्न देशको लकडाउन तथा कडाइका कारण केही घण्टा मात्र सञ्चालनमा आइरहेका छन् ।
रिटेल इकोनोमिक्सका विश्लेषक रिचार्ड लिमले भने कोरोना महामारीका कारण व्यवसाय क्षेत्र अनलाइनतर्फ आकर्षित भएको देखिएको बताए । यसले सबैजसो उद्योगलाई छोए पनि कपडा र फुटवेयर क्षेत्रले बढी अनलाइन व्यवसाय गरिरहेको उनको भनाइ छ ।
यसैबीच, एचएण्डएमले डिजिटल लगानी बढाएर बढ्दो अनलाइन माग धान्ने योजना बनाएको छ । स्टकहोल्ममा रहेको कम्पनीले कोरोनालाई मध्यनजर गर्दै खरिद, लगानी, भाडा, कर्मचारी र फाइनान्सिङमा परेको असर अध्ययन गरेर सोहीअनुसारको व्यवस्थापनका लागि निर्णायक कदम चालेको समेत बताएको छ ।
कम्पनीकी प्रमुख कार्यकारी हेलिना हेल्मरसनले चुनौती थपिइरहेको र अझै खराब स्थिति आउन सक्ने आँकलन गरेको बताइन् । तर त्यसले आफूहरुलाई अझै सशक्त बनाउने उनको भनाइ छ ।
यसअघि नै चर्चित फुटवेयर कम्पनी नाइकले स्थायी रुपमै अनलाइन बिक्रीमा रुपान्तरित हुने जनाइसकेको छ । त्यस्तै नाइकको अर्को प्रतिस्पर्धी एडिडास, योगा पेन्ट उत्पादक जुलुलेमनले पनि अनलाइन बिक्री राम्रो देखिएको भन्दै त्यसलाई निरन्तरता दिने बताइसकेका छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया