भारतमा कोरोनाबाट मृत्यु भएकाहरुको संख्या एक लाखभन्दा बढी पुग्यो
नयाँ दिल्ली ।
भारतका कोरोनाभाइरसका कारण मृत्यु भएकाहरुको संख्या एक लाख नाघेको छ । पछिल्लो २४ घण्टामा थप एक हजार ६९ जनाको मृत्यु भएसँगै शनिबार बिहानसम्ममा कुल मृतकको संख्या एक लाखभन्दा बढी पुगेको हो । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा अहिलेसम्म कोरोनाका कारण एक लाख ८४२ जनाको मृत्यु भएको जनाएको छ ।
एकैदिनमा संक्रमित हुनेहरुको संख्यामा भने कमी आएको देखिएको छ । केही दिन अघिसम्म दैनिक झण्डै एक लाख मानिस संक्रमित हुने गरेकोमा अहिले घटेर ८० हजारको हाराहारीमा झरेको छ । सरकारी अधिकारीहरुका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ७९ हजार चार सय ७६ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् । योसँगै भारतमा कुल संक्रमितको संख्या ६४ लाख ७३ हजार पाँच सय ४५ पुगेको मन्त्रालयले जनाएको छ ।
कुल संक्रमितमध्ये ५४ लाख २७ हजार सात सय सात जना संक्रमणमुक्त भइसकेका छन् भने नौ लाख ४४ हजार नौ सय ९६ जना अझै पनि संक्रमित अवस्थामै रहेका छन् । भारतमा सवैभन्दा धेरै संक्रमितहरु महाराष्ट्र प्रदेशमा रहेका छन् भने त्यसपछि क्रमशः कर्नाटक, केरला, आन्ध्रप्रदेशमा धेरै संक्रमितहरु रहेका छन् । भारतमा अहिलेसम्म सात करोड ७८ लाख ५० हजार चार सय तीन जनाको कोरोना परीक्षण गरिएको छ । तीमध्ये शुक्रबार मात्रै ११ लाख ३२ हजार छ सय ७५ जनाको कोरोना परीक्षण गरिएको भारतीय मेडिकल रिसर्च काउन्सिलले जनाएको छ ।
कोरोनाभाइरसबाट विश्वभर १० लाख ३३ हजारको मृत्यु : यसैबीच, विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या शनिबार १० लाख ३३ हजार ३ सय ३० पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोभिड–१९ बाट सङक्रमित हुनेको संख्या विश्वभर तीन करोड ४८ लाख ३६ हजार २८ पुगेको छ ।
कुल संक्रमितमध्ये दुई करोड ५८ लाख ९७ हजार ९ सय ९६ निको भएका छन् भने करिब ७९ लाख ४ हजार सात सय दुई मानिस सक्रिय संक्रमित छन् । विश्वभर अझै पनि ६६ हजार ३ सय २५ मानिसको स्वास्थ्य अवस्था निकै जटिल रहेको छ । पेशा व्यवसाय खोल्ने वा नखोल्ने भन्ने विषयमा दोधारमा रहेको संयुक्तराज्य अमेरिकामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ भने यहाँ संक्रमितको संख्या पनि ७५ लाख ४९ हजार नाघिसकेको छ ।
कोरोना सङक्रमणबाट अमेरिकामा हालसम्म दुई लाख १३ हजार ५ सय २४ को मृत्यु भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्प दुवैलाई कोरोना भाइरस संक्रमण भएको छ । कोरोना संक्रमणलाई हेर्दा तेस्रो स्थानमा रहेको देश ब्राजिलमा ४८ लाख ८२ हजार भन्दा बढी व्यक्ति संक्रमित भएकामा एक लाख ४५ हजार ४३१ जनाको मृत्यु भएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया