अमेजनका २० हजार कर्मचारी कोरोना संक्रमित
अमेरिका ।
चर्चित अनलाइन सामान बिक्रेता अमेजन कम्पनीका २० हजार जना कर्मचारीलाई विश्व महामारी कोरोनाको संक्रमण भएको छ । अमेजनले बिहीबार १९ हजार ८ सय १६ अग्रपंक्तिमा खट्ने कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।
ती सबै अमेरिकाका रहेका छन् । उक्त संख्या अमेजन र यसको स्वामित्व रहेको होलफुड्सका कर्मचारी हुन् । यसअघि अमेजनले विस्तृतमा कोभिड संक्रमणबारे तथ्यांक दिएको थिएन । महामारीका बेला अमेजन लगायतका अनलाइन बिक्रेताको व्यवसाय राम्रै फस्टाएको छ ।
अमेजनले अमेरिकाबाहिर कति आफ्ना कर्मचारी संक्रमित भए भन्ने अझै खुलाइसकेको छैन । अमेजनले मार्च १ देखि सेप्टेम्बर १९ सम्म अमेरिकामा रहेका १३ लाख ७२ हजार अमेजन र होल फुड्स मार्केटका अग्रपंक्तिमा खटिने कर्मचारीको तथ्यांक विश्लेषण गरेको थियो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया