Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारब्रेक्जिट सम्झौताबारे जोनसन आशावादी

ब्रेक्जिट सम्झौताबारे जोनसन आशावादी


लन्डन ।
बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले ब्रेक्जिटसम्बन्धी सम्झौता हुनेमा आफू ‘आशावादी’ भएको बताएका छन् । युरोपेली संघ (ईयू) प्रमुख उर्सुला भोन डेर लेयेनसँग शनिबार वार्ताको तयारी भइरहेका समय उनको यो भनाइ आएको हो । जोनसनले बेलायती देनिक पत्रिका टेलिग्राफलाई भने, ‘सम्झौताविना नै बाहिरिने सम्भावनाबाट जोगिन यदि सबैले विवेक प्रयोग गर्दा सहमति बन्न सक्छ ।’

बेलायतको तर्फबाट आफू सम्झौता हुनेमा विश्वस्त रहेको उनको धारणा थियो । बेलायत र ईयूका वार्ताकर्ताहरूले भने शुक्रबारको व्यापार वार्ता प्रमुख क्षेत्रहरुमा गतिरोध बन्न गएको र यस वर्षको अन्त्यमा ‘नो डिल’ हुनबाट जोगिनको लागि लन्डनले ब्रसेल्सलाई आग्रह गरेको बताइएको छ ।

हजारौँ बेलायती कम्पनीलाई एउटा ईयू कार्यालय चाहिनसक्ने : यसैबीच, हजारौँ बेलायती कम्पनीलाई एउटा युरोपेली युनियनको कार्यालय स्थापना गर्नुपर्ने देखिएको छ । व्यापार कन्सल्ट्यान्ट ब्लिक रोथेनबर्गका अनुसार कम्पनीहरुले आफ्नो उत्पादन युरोपेली बजारमा निर्यात गर्न उक्त कार्यालय खोल्नुपर्ने देखिएको हो ।

बेलायत युरोपेली युनियनबाट बाहिरिँदै गर्दा कम्पनीहरुलाई सहज व्यवसायका लागि युरोपेली कार्यालय आवश्यक पर्नसक्नेछ । खासगरी ईयूले बेलायतलाई अन्य राष्ट्रजस्तै व्यवहार गर्ने अवस्थामा यस्तो आवश्यकता देखिएको हो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया