अमेरिकी राष्ट्रपति ट्रम्प दम्पतीलाई नै कोरोना पुष्टि
वासिड.टन ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोनाभाइरसबाट संक्रमित भएका छन् । बिहीबार चुनावी कार्यक्रमबाट फर्केका ट्रम्पका सहयोगी होप हिक्सलाई कोरोना पुष्टि भएपछि गरिएको परीक्षणमा राष्ट्रपति ट्रम्प र उनकी श्रीमती मेलानिया ट्रम्पको रिपोर्ट पनि पोजिटिभ आएको हो ।
संक्रमित भएसँगै ह्वाइट हाउसमै बसेका ट्रम्पलाई ज्वरो आउनेलगायतका कोरोनाका सामान्य लक्षणहरु देखिएपछि अमेरिकी सेनाको विशेष अस्पताल भर्ना गरिएको अधिकारीहरुले जानकारी दिएका छन् ।
उनलाई शुक्रबार राति वाल्टर रिड नेसनल सैनिक अस्पताल लगिएको हो । अस्पतालमा उनलाई थेरापीलगायतका उपचारका उपायहरु अपनाइएको छ । उनका विभिन्न औषधि मिश्रित खोप दिइएको चिकित्सकहरुले जनाएका छन् । उनको उपचारमा संलग्न डा. कनलीले जारी गरेको विज्ञप्तिका अनुसार सावधानी अपनाउनका लागि रेजेनेरोन पोलीक्लोनल एन्टिबडी मिश्रणको ८ ग्राम’ खुवाइएको छ । उक्त औषधि शरीरमा भाइरसको मात्रा घटाउन र छिटो सञ्चो बनाउन दिइएको उनको भनाइ छ ।
राष्ट्रपति कार्यालयबाट अस्पतालतर्फ प्रस्थान गर्ने क्रममा उनी मास्क लगाएको अवस्थामा देखिएका थिए । उनी राष्ट्रपति कार्यालयबाट अस्पतालसम्म हेलिकोप्टरमा गएका हुन् । अस्पताल जानुअघि उनले दिएको भिडियो सन्देशमा आफूले आराम नै महसुस गरिरहेको तर थप सुरक्षित र सुनिश्चित हुन अस्पताल जान लागेको बताएका छन् ।
अस्पताल पुगेपछि पहिलो ट्विट गर्दै शुक्रबार राति उनले लेखेका छन्, ‘मलाई राम्रो भइरहेको छ, सबैलाई धन्यवाद छ । माया छ ।’ अमेरिकामा राष्ट्रपति चयनका लागि निर्वाचन हुन गइरहेका बेलामा उम्मेदवार समेत रहेका वर्तमान राष्ट्रपति ट्रम्प संक्रमित भएका हुन् । उनले आफू कोरोनाभाइरसबाट संक्रमित भएको शुक्रबार सार्वजनिक गरेका थिए ।
उनी बिहीबार मध्याह्न एउटा चुनावी कार्यक्रममा सहभागी भएर फर्केपछि संक्रमित भएको बताइएको छ । उनीसँगै उनकी पत्नी मेलानिया पनि संक्रमित भएका छन् । राष्ट्रपति ट्रम्पले आफ्नी श्रीमतीको पनि अवस्था सामान्य नै रहेको भिडियोमार्फत जानकारी दिएका छन् ।
राष्ट्रपति ट्रम्पले आफू अस्पतालभित्रै रहे पनि काम भने गरिरहने योजना बनाएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । उनले उपराष्ट्रपतिलाई कार्यवाहकको जिम्मेवारी दिएका छैनन् । उनी अहिले ७४ वर्षका छन् । यो उमेर समूह कोरोना संक्रमितहरुका लागि अत्यन्त खतरापूर्ण उमेर समूह मानिन्छ ।
विश्वमै सबैभन्दा धेरै मानिसहरु कोरोनाभाइरसबाट संक्रमितहरु रहेको मुलुक अमेरिकामा राष्ट्रप्रमुखलाई नै संक्रमण भएपछि थप त्रास फैलिएको छ । अमेरिकामा अहिलेसम्म दुई लाख पाँच हजारभन्दा बढीको कोरोनाका कारण मृत्यु भएको छ । यसैबीच, ट्रम्पलाई विश्वभरका नेताहरुले स्वास्थ्यलाभको कामना गरेका छन् ।
चीन, रुस, भारत, दक्षिण कोरिया, बेलायत, जर्मनी, नेपाल, पाकिस्तान, उत्तर कोरिया, ब्राजिल, इजरायल, फ्रान्सलगायतका देशका राष्ट्र तथा सरकार प्रमुखहरुले ट्रम्प दम्पतीको शीघ्र स्वास्थ्यलाभको कामना गरेका हुन् । ट्रम्प दम्पतीसहित उनका चुनावी प्रचार प्रमुख, उनका पार्टीका माथिल्लो सदनका दुई सदस्य, सल्लाहकारलगायतलाई पनि कोरोना संक्रमण भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया