Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारएयरबसका कार्यकारी भन्छन् – ‘हवाइ उद्योगको अवस्था सोचेभन्दा खराब’

एयरबसका कार्यकारी भन्छन् – ‘हवाइ उद्योगको अवस्था सोचेभन्दा खराब’


बर्लिन ।
युरोपेली विमान निर्माता एयरबसका प्रमुख सञ्चालन अधिकृत माइकेल चोलहर्नले हवाइ उद्योगको अवस्था महामारीका कारण सोचेभन्दा खराब रहेको बताएका छन् । रोयटर्सका अनुसार पछिल्लो समय फेरि देखिनथालेका संक्रमित र पुनः यसको नियन्त्रणका खातिर सुरु भएका यात्रा प्रतिबन्धले हवाइ उद्योगलाई तहसनहस पारिरहेको उनको भनाइ छ ।

महामारीलाई मध्यनजर गर्दै यात्रुहरुमा उत्पन्न डर र यात्रा प्रतिबन्धका कारण सामान्य अवस्थाभन्दा धेरै खराब स्थिति देखिएको र नयाँ विमान दिने प्रक्रिया पनि सुस्त रहेको उनको भनाइ छ ।

एयरबसले विश्वभरबाट १५ हजार पद खारेज गर्नुपर्ने अवस्था रहेको जनाइसकेको छ । ह्यान्डेल्सब्लाट बिजनेस डेलीसँगको अन्तर्वार्तामा उनले समर सिजनमा आशा गरेभन्दा अटमको सुरुतिरको अवस्था ज्यादै खराब रहेको बताएका थिए । उनले सो क्रममा १५ हजार रोजगारी कम्तीमा कटौती गर्ने कम्पनीको सोच रहेको बताए ।

त्यसो त महामारी सुरु हुनुअगावै एयरबसका कतिपय कारखाना प्रयोग भएका थिएनन् । कर्मचारी युनियनहरुले भने कम्पनीले सबै कलकारखाना बन्द गर्ने हो कि भनेर चिन्ता व्यक्त गरेका छन् । कम्तीमा जर्मनीमा कारखाना बन्द गर्ने सोच नरहेको उनले स्पष्ट पारेका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया