चीनमा अन्नबाली उत्पादन दर प्रतिव्यक्ति चार सय ७० किलोग्रामभन्दा बढी
वेइजिड. ।
चीनमा अन्नबाली उत्पादन दरको औसत मात्रा ४७० किलोग्रामभन्दा बढी रहेको सरकारी तथ्यांकमा उल्लेख गरिएको छ । यो विश्वको सरदर स्तरभन्दा बढी हो भने विश्वले मान्यता दिएको ४०० किलोग्रामको सुरक्षित रेखाभन्दा माथि हो । अहिलेसम्म चीनको शरद ऋतुको अन्नबालीको राम्रो फसल निश्चित भइसकेको चिनियाँ कृषि तथा ग्रामिण क्षेत्र मन्त्रालयले जानकारी गराएको छ ।
अन्नबालीको कूल उत्पादन मात्रा निरन्तर छैठौँ वर्षसम्म बृद्धि हुँदै चालु वर्ष छ खर्ब ५० अर्ब किलोग्राम (६५ करोड टन) पुग्ने अनुमान गरिएको हो । चिनियाँ कृषि तथा ग्रामिण क्षेत्र मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार, तेह्रौं पञ्चवर्षीय योजनाको पुनरावलोकन गर्दा चीनको अन्नबालीको उत्पादन स्थिर रुपमा बढेको देखिएको छ ।
सन् २०१९ मा चीनको अन्नबालीको कूल उत्पादन मात्रा छ खर्ब ६३ अर्ब ८५ करोड किलोग्राम (६६ करोड ३८ लाख टन) पुगी इतिहासको किर्तिमान सिर्जना भएको मन्त्रालयले जानकारी गराएको छ । चीनले खेतीको संरक्षणसम्बन्धी सबैभन्दा कडा व्यवस्था अपनाउँछ ।
चीनमा खेतीजन्य क्षेत्रफल कम्तीमा १२ करोड हेक्टर रहेको छ । चीनले स्थायी खेतीको विशेष संरक्षण गर्ने व्यवस्था चौतर्फी रुपमा पालना गर्नेगर्छ । यसका साथै चीनले अन्नबालीको उत्पादन र भटमासलगायत महत्वपूर्ण कृषि उपजको उत्पादन र संरक्षण क्षेत्रलाई वैज्ञानिक रुपमा विभाजन गरेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया