सिंगापुरमा जन्मदर बढाउने उपाय ‘पान्डेमिक बेबी बोनस’
सिंगापुर ।
सिंगापुर सरकारले जन्मदर बढाउन ‘पान्डेमिक बेबी बोनस’ दिने योजना सार्वजनिक गरेको छ । बीबीसीका अनुसार कोरोना भाइरस महामारीका बीच बच्चा जन्माए नागरिकले बोनस पाउनेछन् ।
महामारीले वित्तीय दबाब र रोजगारी गुम्नसक्ने अवस्थामा रहेका नागरिकलाई सरकारले उक्त अफर गरेको बताइएको छ । विश्वमै कम जन्मदर भएको देशमा सिंगापुर पनि पर्छ । उसले जनसंख्या वृद्धि गराउन चाहिरहेको छ । तर त्यसको ठीक उल्टो सिंगापुरका छिमेकी देशहरु फिलिपिन्स र इन्डोनेसियामा भने कोरोना महामारीका बीच गरिएका लकडाउनमा गर्भ दर बढेको छ । सिंगापुरका नागरिकमा भने कोरोनाकै कारण उनीहरुले गर्भ राख्न हिच्किचाएको र पछि सारेको बताइएको छ ।
‘पान्डेमिक बेबी बोनस’ योजनाबारे केही दिनपछि उसले विस्तृतमा जानकारी दिने सिंगापुरका उपप्रधानमन्त्री हेंग स्वी किटले सोमबार बताएका थिए । यो योजनाअनुसार अहिले भने वैधानिक नागरिकले १० हजार सिंगापुर डलरसम्म फाइदा पाउनेछन् ।
सन् २०१८ मा सिंगापुरको बच्चा जन्माउनसक्ने दर आठ वर्षयताकै न्यून अर्थात् प्रतिमहिला १.१४ प्रतिशत विन्दुमा पुगेको सरकारी तथ्यांकले देखाएको छ । त्यसो त धेरै एसियाली देशले महामारीका दौडान सिंगापुरकै जस्तो समस्या झेल्दै आएका छन् । यसअघि यही वर्षको सुरुतिर चीनको जन्मदर ७० वर्षयताकै न्यून विन्दुमा पुगेको थियो । चीनमा एक बच्चा नीति कायम छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया