दक्षिण कोरियामा गर्भपतनसम्बन्धी मान्यता दिने गरी कानुन निर्माण हुँदै
सोल ।
दक्षिण कोरियामा गर्भपतनसम्बन्धी कानुन ल्याइने कानुन मन्त्रालयले बुधबार जानकारी छ । उक्त मन्त्रालयका अनुसार महिलालाई १४ हप्ता सम्मको गर्भपतन गराउन पाउने गरी कानुनको मस्यौदा हुन लागेको हो । यसअघि यहाँका महिलालाई आफैले चाहेर गर्भपतन गराउन पाउने अधिकार थिएन । उनीहरुमा गम्भीर प्रकृतिको रोग देखिएमा, बच्चा अपांग रहेको भनी स्वास्थ्य जाँचका क्रममा पाइएमा र बलात्कारका कारण गर्भ रहन गएमा त्यस्ता महिलाको मात्र गर्भपतन हुने कानुनी प्रावधान हाल कायम रहेको छ ।
तर पनि महिला अधिकारवादीहरुले महिलाले चाहेमा गर्भपतन गराउन पाउनुपर्ने कानुनको माग गर्दै आएका थिए । सोही पक्षमा दक्षिण कोरियाको सर्वाेच्च अदालतले पनि फैसला गरेको थियो । सर्वाेच्च अदालतको फैसला बमोजिम नै महिलाले चाहेमा आफ्नै निर्णय अनुसार नै गर्भपतन गराउन सक्ने गरी कानुन बनाउन आदेश दिएको थियो ।
सन् २०१९ को अप्रिल महिनामा यहाँको संविैधानिक अदालतले महिलाले चाहेमा १४ हप्तासम्मको गर्भ पनि पतन गराउन पाउने गरी सन् २०२० भित्रै कानुन बनाउनु भनेको थियो । सोही बमोजिम नै यहाँको सरकारले यस्तो कानुनको मस्यौदा गरिरहेको जानकारी दक्षिण कोरियाको कानुन मन्त्रालयले दिएको हो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया