बेलायतको कुल गार्हस्थ्य उत्पादन अगस्टमा पनि वृद्धि, अझै महामारीपूर्वको तहमा पुग्न सकेन
लन्डन ।
बेलायतको कुल गार्हस्थ्य उत्पादनमा अगस्टसहित लगातार चौथो महिनामा वृद्धि देखिएको छ । घरेलु उत्पादन सुचकांकमा वृद्धि देखिएको भएपनि अझै महामारीपूर्वको अवस्थामा भने आइनसकेको बेलायतको राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार जनाएको छ । तथ्याङक अनुसार बेलायतको कुल गार्हस्थ्य उत्पादन अगस्टमा २.१ प्रतिशतले बढेको तर यो जुलाईको ६.४, जुनको ९.१ र मेको २.७ प्रतिशतभन्दा कम रहेको छ । देशमा लकडाउनका उपायहरूलाई थप सहज बनाउँदै जाँदा कुल गार्हस्थ्य उत्पादनमा पनि वृद्धि भएको हो ।
‘जीडीपीमा निराशाजनक २.१ प्रतिशत वृद्धि (यो महिनाका लागि पूर्वानुमान गरिएको ४.६ प्रतिशत) भन्दा कम भएका कारण आर्थिक क्रियाकलापमा प्रारम्भिक वृद्धिको अनुमानभन्दा बाहिर गइरहेको छ भन्ने प्रमाण थप गर्दछ,’ लन्डनस्थित आर्थिक विश्लेषण फर्म क्यापिटल इकोनोमिक्सका अर्थशास्त्री रुथ ग्रेगरीले भने । लगातार वृद्धि भए पनि, अगस्टमा उत्पादनको स्तर फेब्रअरी २०२० मा देखिएको स्तरको तुलना अर्थात् कोरोनाभाइरस महामारीको पूर्ण प्रभाव अघिभन्दा ९.२ प्रतिशत कम रहेको उक्त कार्यालयले जनाएको छ ।
फेब्रुअरीको कुल गार्हस्थ्य उत्पादनकोे तुलनामा अगस्टमा ।सेवाहरू, उत्पादन र निर्माण सबै क्षेत्रहरूमा व्यापक रूपमा गिरावट देखिएको छ । । बेलायतमा महामारीपूर्वको तुलनामा सेवा, उत्पादन र निर्माणमा क्रमशः ९.६ प्रतिशत, ८.५ प्रतिशत र १०.८ प्रतिशतको गिरावट देखिएको छ । आउँदो महिनाहरूमा आर्थिक सम्भावनाको पूर्वानुमान गर्दै विश्लेषकहरू यसलाई बेलायतले सामना गर्नुपर्ने चुनौतीपूर्ण समस्या बताएका छन् । उनीहरूले महामारीको पुनः आगमनबीचमा अरु प्रतिबन्धहरू लाग्ने अनुमान गर्दै यसका कारण आर्थिक गतिविधि प्रभावित बन्ने बताएका छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया