पाकिस्तानले टिकटकमाथि प्रतिबन्ध लगायो
इस्लामावाद ।
सामाजिक सञ्जाल टिकटक प्रतिवन्ध लगाउने देशहरुको सूचीमा पाकिस्तान पनि थपिएको छ । चिनियाँ एप टिकटकलाई यसअघि भारत, अमेरिकालगायतका देशहरुले प्रतिवन्ध लगाइसकेकोमा शुक्रबारदेखि पाकिस्तानले पनि प्रतिबन्ध लगाएको हो । अनैतिक सामग्रीहरु भएको निष्कर्ष निकाल्दै पाकिस्तानले शुक्रबारदेखि टिकटकलाई देश भित्र प्रतिवन्ध लगाउने निर्णय गरेको अधिकारीहरुले जनाएका छन् । चीनसँगको सदाबहार मित्र भए पनि चिनियाँ एपलाई मुलुक भित्र प्रतिवन्ध लगाउनु पर्ने बाध्यता सृजना भएको अधिकारीहरुको भनाइ छ ।
टिकटकबाट मुस्लिम धार्मिक संस्कारको उलंघन र त्यसलाई असर पार्ने कार्य भइरहेकाले त्यसलाई नियन्त्रणका लागि टिकटक प्रतिवन्ध लगाउनु परेका उनीहरुले बताएका छन् । पाकिस्तानी दुरसञ्चार प्राधिकरणद्धारा जारी वक्तव्यमा सामाजिक तथा धार्मिक संस्कार विथोल्ने गतिविधि भएको भन्दै टिकटकका विरुद्धमा उजुरीहरु परेको उल्लेख गरिएको छ । मुस्लिम संस्कार अनुसार महिलाहरुले बुर्का लगाउनुपर्ने, शारीरिक अंगहरु प्रदर्शन गर्न नहुनेलगायतका कडा सांस्कृति व्यवस्था भए पनि टिकटक प्रयोगकर्ताहरुले त्यसलाई उलंघन गरेको उजरीकर्ताहरुको दाबी छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया