Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचीनको गरिबी नियन्त्रण अभियानः पाँच करोडभन्दा गरिबीबाट मुक्त

चीनको गरिबी नियन्त्रण अभियानः पाँच करोडभन्दा गरिबीबाट मुक्त


बेइजिङ ।
‘तेह्रौं पञ्चवर्षीय योजना’ को अवधिमा चीनका पाँच करोडभन्दा बढी ग्रामीण वस्तीलाई गरिबीबाट मुक्त भएका गरिब जनता पूर्ण रुपमा गरिबीबाट मुक्त भएका राष्ट्रिय गरीबी तथा जनसंख्या ब्युरोको तथ्यांकमा उल्लेख गरिएको छ । सन् २०१६ मा चीनमा गरीबी दर ४.५ प्रतिशत थियो भने सन् २०१९ मा त्यो घटेर ०.६ प्रतिशतमा झरेको तथ्यांकले देखाएको छ ।

चालू वर्ष समग्र क्षेत्रमा गरीबी पूर्णतया उन्मुलन गर्ने चीन सरकार र खासगरी राष्ट्रपति सी चिनफिङको योजनामा चीनले सफलता पाएको अधिकारीहरूले बताएका छन् । ‘तेह्रौँ पञ्चवर्षीय योजना’ को अवधिमा चीनमा गरीबहरूको आम्दानीमा व्यापक वृद्धि भएका ब्युरोको दावी छ । तथ्यांक अनुसार गरिब जनसंख्याको प्रतिव्यक्ति आय सन् २०१६ मा चार हजार १४२ युआन रहेकोमा सन् २०१९ मा बढेर नौ हजार ५७ युआन पुगेको छ ।

आयको औसत वार्षिक वृद्धि ३० प्रतिशत पुगेको छ भने चीनमा गरिबहरूको आय संरचना अझ अनुकूलित गरिएको छ र आफैँमा गरीबीबाट बच्न सक्ने क्षमता निरन्तर सुधारिएको छ । चालू वर्ष गरीबी निवारणको व्यापक लक्ष्य पूरा भएपछि चीनले सन् २०३० का लागि दिगो विकास कार्यक्रमअन्तर्गतको संयुक्त राष्ट्र संघको एजेन्डाको गरीबी निवारण लक्ष्य १० वर्ष अघि नै पूरा गर्दैछ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया