संक्रमित अत्याधिक भएपछि रुसको राजधानीमा अझ कडाइ
मस्को ।
रुसको राजधानी मस्कोमा कोरोनाभाइरसबाट संक्रमित भएकाहरुको संख्या बढ्दै गएपछि केही कडा प्रवन्धहरु लागू गरिएको छ । विषेश गरेर सवै बारहरु, क्लबहरु र नृत्य गृहहरु भित्र अपनाइनेगरी कडा प्रवन्धहरु लागु गरिएको मस्कोका मेयर सेर्गेइ सोब्यानीनले बिहीबार जानकारी दिए । त्यहाँका हरेक कर्मचारी तथा आगन्तुकहरुको सम्पर्क नम्बर लेख्नु पर्नेलगायतका व्यवस्थाहरु गरिएको उनले बताए । आवतजावत गरेका व्यक्तिहरुले आफ्नो आवतजावत सम्वन्धी विवरण र विषेश सम्पर्क नं. ७३७७ मा पठाउन निर्देशन पनि दिइएको छ ।
कुनै व्यक्तिलाई कोरोनाभाइरसको नयाँ संक्रमण देखिएमा उसको सम्पर्कमा रहेका व्यक्तिहरुको पहिचान गर्न र उनीहरुलाई परीक्षणको दायरामा ल्याउन सजिलो हुने अपेक्षाका साथ यस्तो व्यवस्था गरिएको उनको भनाइ छ । रुसमा पछिल्लो २४ घण्टामा मात्रै थप १३ हजार ७५४ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् । अघिल्लो दिनको तुलनामा यो संख्या भने कम हो । अघिल्लो दिन बुधबार २४ घण्टामा १४ हजार २३१ जना संक्रमित भएका थिए ।
अधिकारीहरुका अनुसार रुसमा अहिलेसम्म १३ लाख ५४ हजार १६३ जना संक्रमित भएका छन् । यो विवरण देशको ८५ क्षेत्रकै हो । कोरोनाका कारण मृत्यु भएकाहरुको संख्या भने अघिल्लो दिनको तुलनामा वृद्धि भएको छ । अघिल्लो दिन बुधबार २३९ जनाको मत्यु भएकोमा बिहीबार २८६ जनाको मृत्यु भएको छ ।
रुसमा कोरोनाका कारण अहिलेसम्म कुल २३ हजार ४९१ जनाको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् । पछिल्लो एक दिनमा मात्रै रुसमा आठ हजार ३९२ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भइसकेका छन् । रुसमा अहिलेसम्म दश लाख ४८ हजार ९७ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएका छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया