लण्डनमा कोभिड–१९ नियन्त्रणका लागि थप कडाइ हुने
बेलायत ।
बेलायतको राजधानी लण्डन शहरमा कोभिड–१९ संक्रमण फैलिने क्रम पुनः बढेपछि नियन्त्रणका लागि थप कडाइ गरिने लण्डन महानगरपालिका प्रमुख सादिक खानले बिहीबार बताएका छन् । करिब नब्बे लाख जनसंख्या रहेको लण्डनमा कोभिड संक्रमितको संख्या पुनः बढ्न थालेपछि सरकारले नियन्त्रणका लागि थप केही दिन नागरिकलाई सावधानी र नियन्त्रणका उपायलाई पालना गर्न अनुरोध गर्न लागेको हो ।
उनले ‘लण्डन एसेम्ली’मा भने, ‘मेरो अनुमानमा सरकारले छिट्टै अर्थात् सम्भवतः बिहीबार नै उच्च सावधानीसाथ नियन्त्रणका उपायको घोषणा गर्नेछ ।’ यसको अर्थ एक घरका व्यक्ति अर्को घरभित्र भेट हुने छैन अर्थात् महामारीबाट सुरक्षित रहन एक आपसमा हुने अनावश्यक भेटघाटलाई नियन्त्रण गरिनेछ । नियन्त्रणको यो उपायलाई सरकारले सम्भवतः शुक्रबार मध्यरातदेखि केही दिनका लागि लागु गर्नेछ र यसमा यस पहिले झैँ सबै नागरिकले सहयोग गर्ने अपेक्षा सरकारले गरेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया