पाकिस्तानमा टिकटक प्रतिबन्धात्मक व्यवस्था फेरि खुकुलो
इस्लामावाद ।
छोटो भिडियो सेयर गर्ने एप टिकटकको प्रयोगमा प्रतिबन्ध लगाइएको पाकिस्तानले अहिले फेरी खुकुलो बनाएको छ । पूर्ण रुपमा प्रतिवन्ध लगाइको दश दिनपछि केही प्रतिबन्धात्मक व्यवस्था कायम राख्दै टिकटक प्रयोग गर्न पाइने व्यवस्था गरिएको हो ।
पाकिस्तानका सरकारी अधिकारीहरुले सोमवारदेखि पुरानो निर्णयलाई संशोधन गरिएको जानकारी दिएका छन् । पाकिस्तानी दूरसञ्चार प्राधिकरणले सांस्कृतिक र परम्परागत संस्कारलाई नकारात्मक असर पारेको भन्दै प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । मुस्लिम बहुल मुलुकमा प्रचलनमा रहेका सामाजिक मुल्य मान्यताको उल्लंघन भएको र मुस्लिम संस्कृतिमा नसुहाउने गतिविधिहरु टिकटकमार्फत भएको भन्दै प्राधिकरणमा उजुरी पनि परेको प्राधिकरणले जनाएको थियो ।
प्राधिकरणमा परेको उजुरी, विभिन्न क्षेत्रका व्यक्तिहरुको सुझाव तथा दवावका कारण पाकिस्तान सरकारले यही अक्टोबर ९ तारिखदेखि पाकिस्तानमा टिकटक प्रतिबन्ध लगाएको थियो । तर अहिले भने सांस्कृतिक रुपमा असर नपार्ने र उच्छृंखल नहुने किसिमका भिडियोहरु भने सेयर गर्न पाउने गरी केही खुकुलो बनाइएको प्राधिकरणका अधिकारीहरुको भनाइ छ ।
टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयका बारेमा संसदमा कुरा उठेर छलफल हुँदा केही प्रतिवन्धात्मक व्यवस्था सहित खुकुलो बनाउनु उपयुक्त हुने सुझाव आएपछि खुकुलो बनाउने निर्णय भएको समाचारमा जनाइएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- दार्चुलामा जीप दुर्घटना, छ जनाको घटनास्थलमै मृत्यु
- छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्डको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिने
- शुक्रबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया