बुर्किना फासो, माली र नाइजरलाई एक अर्ब ७० करोड डलर मानवीय सहयोग
संयुक्त राष्ट्रसंघ ।
चरम मानवीय संकट व्यहोरिरहेका अफ्रिकाका साहेल क्षेत्रका तीन राष्ट्रका लागि २० भन्दा बढी दातृ निकायहरुले यस वर्ष झण्डै एक अर्ब डलर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । राष्ट्रसंघका अनुसार सन् २०२१ का लागि समेत ७० करोड उपलब्ध गराउन दातृ निकाय सहमत भएका छन् ।
राष्ट्रसंघका प्रवक्ता स्टेफानी डुजारिकले उक्त सहायताबाट बुर्किना फासो, माली र नाइजरका एक करोड भन्दा बढी मानिसलाई सहयोग पुग्ने बताए । पोषण, खाद्यान्न, स्वास्थ्य सेवा, खानेपानी र सरसफाइ, अस्थायी आवास, शिक्षा, संरक्षण र लैंगिक हिंसा पीडितका लागि उक्त रकम खर्च हुने पनि प्रवक्ता डुजारिकले बताए ।
राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरेसले राष्ट्रसंघ, डेनमार्क, जर्मनी र युरोपेली युनियनद्वारा आयोजित संयुक्त बैठकलाई सम्बोधन गर्दै मध्य साहेल क्षेत्र अहिले चरम जोखिमको अवस्थामा रहेको र तीनै देशका जनताहरु अहिले मानवीय संकटमा रहेको बताए । उनले भने, ‘सुरक्षा स्थिति तीव्र रुपमा कमजोर हुँदै छ, आम मानिसको दैनिक जीवन संकटमा छ । हिंसा बढेको बढ्यै छ, र खासरुपमा महिला एवं बालिकाहरु जोखिममा छन् । आन्तरिक विस्थापन दुई वर्षयता निकै बढेको छ । जलवायु परिवर्तनले मानिसको जीविकामा असर परेको छ र कोभिड–१९ ले अझ संकट बढाएको छ ।’
राष्ट्रसंघका मानवीय प्रमुख मार्क लोककले विश्वमै साहेल क्षेत्रमा सबैभन्दा ठूलो संकट देखिएको बताउँदै बुर्किना फासो, माली र नाइजरमा ५० लाखभन्दा बढी बालबालिका सहित एक करोड ३० लाखभन्दा बढी मानिसलाई आपतकालीन सहायता जरुरी रहेको बताए । महासचिव गुटेरेस र लोककले दुवैले सन् २०२० र २०२१ का लागि २ अर्ब ४० करोड डलरका लागि दातृनिकायसमक्ष अपिल गरेका थिए ।
राष्ट्रसंघका प्रवक्ता डुजारिकले दातृ निकायहरुले ९८ करोड ५० लाख यस वर्ष सन् २०२० का लागि र सन् २०२१ का लागि ७० करोड ४० लाख उपलब्ध गराउन सहमति जनाएको बताए । राष्ट्रसंघका अनुसार, स्वीट्जरल्यान्डले सबैभन्दा बढी ४६ करोड ४१ लाख उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ । संयुक्तराज्य अमेरिकाले २७ करोड ४८ लाख, डेनमार्कले १८ करोड ३१ लाख, युरोपेली युनियनले १२ करोड २८ लाख र जर्मनीले ११ करोड ८२ लाख उपलब्ध गराउने बताएका छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
- ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
- जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
- नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया