अमेरिकी विदेशमन्त्री पोम्पेओ एसियाली देशको भ्रमणमा जाँदै
वासिङटन ।
अमेरिकी विदेशमन्त्री माइकल आर.पोम्पेओले एसियाका केही देशहरुको भ्रमण गर्ने भएको बताइएको छ । विदेशमन्त्री पोम्पेओ भारत, श्रीलंका, मालदिभ्स र इन्डोनेसियाको भ्रमणमा जानुहुने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । सो मन्त्रालयले बुधबार प्रकाशन गरेको सूचनामा विदेशमन्त्री पोम्पेओको भ्रमणबारेको सो सूचना प्रकाशन गरेको बताइएको छ । विदेश मन्त्री पोम्पेओको सो भ्रमण यही अक्टोबर २५ देखि ३० सम्मको हुने बताइएको छ । उनले भारत भ्रमणका क्रममा भारतका विदेशमन्त्री एस जयशंकरसँग द्विपक्षीय भेटवार्ता गर्ने बताइएको छ ।
त्यस भेटका क्रममा उनीहरुबीच द्विपक्षीय विभिन्न विषयमा कुराकानी गर्नेछन् । भारत र अमेरिकाबीचका विविध साझेदारीका विषयमा उनीहरुले वार्ता गर्ने सो समाचारमा जनाइएको छ । उनी भारतपछि श्रीलंका र त्यसपछि मालदिभ्सको राजधानी माले पुग्ने बताइएको छ । त्यसैगरी अमेरिकी विदेशमन्त्री पोम्पेओ इन्डोनेसियाको राजधानी जाकार्ता पुग्ने सो समाचारमा जनाइएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
- ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
- जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
- नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया