Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतमा कोरोना संक्रमित ७७ लाख, एक लाख १६ हजारको मृत्यु

भारतमा कोरोना संक्रमित ७७ लाख, एक लाख १६ हजारको मृत्यु


नयाँदिल्ली ।
भारतमा विगत २४ घण्टामा कोरोना भाइरसबाट थप ५५ हजार ८ सय ३८ जना नयाँ संक्रमित भेटिएका छन् । यो सहित भारतमा कूल संक्रमितको संख्या ७७ लाख पुगेको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा हाल ७ लाख १५ हजार ८ सय १२ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् । विगत २४ घण्टामा ७०२ जनाको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको छ ।

भारतमा कोभिड–१९ को संक्रमणबाट कूल मृत्यु भएका व्यक्तिको संख्या एक लाख १६ हजार ६१६ जना पुगेको छ । मन्त्रालयले भारतमा कुल जनसंख्यामा संक्रमित हुने व्यक्तिको अनुपात विश्वमै सबैभन्दा न्यून रहेको पनि जनाएको छ । साथै कोरोना संक्रमितको मृत्यु हुने औसत दर समेत विश्वका अन्य मुलुकको भन्दा कम रहेको मन्त्रालयले जनाएको छ ।

भारतमा विगत सात दिनको तथ्यांक विश्लेषण गर्दा प्रति दश लाख व्यक्तिमा विश्वमा ३ सय २१ जनामा कोरोना संक्रमण देखिएकामा भारतमा २ सय ९७, ब्राजिलमा ६ सय ९२, स्पेनमा ८ सय १९ र संयुक्तराज्य अमेरिकामा एक हजार १ सय ९५ मा कोरोना देखिएको छ । यसैगरी विश्वमा प्रति दश लाख जनसंख्यामा औसतमा १ सय ४३ जनाको मृत्यु भइरहेकामा भारतमा ८४, रसियामा १ सय ६९, फ्रान्समा ५ सय ११, बेलायतमा ६ सय ४४ र संयुक्तराज्य अमेरिकामा ६ सय ६० जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ ।

भारतीय महाराष्ट्र राज्य कोरोना संक्रमणको सबैभन्दा उच्च जोखिममा रहेको छ । यहाँ ४२ हजार ६ सय ३३ जनाको मृत्यु भइसकेको छ भने १४ लाख १५ हजार व्यक्ति निको भएका छन् । कर्नाटक राज्यमा एक लाख व्यक्ति सक्रिय संक्रमित रहेकामा ६ लाख ७१ हजार निको भएका छन् भने १० हजार ६ सय ९६ जनाको मृत्यु भएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषदले हालसम्म ९ करोड ८७ लाख नमूना परीक्षण गरेको जनाएको छ । (रासस–एएनआई)


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया