नयाँ दिल्लीको वायु ‘अतिप्रदूषित’ अवस्थामा
भारत ।
भारतको केन्द्रीय राजधानी रहेको नयाँदिल्ली सहरको वायु अति प्रदूषित अवस्थामा पुगेको छ । दिल्ली प्रदूषण नियन्त्रण समितिले मंगलबार दिएको जानकारीअनुसार नयाँदिल्लीको वायुमण्डलमा प्रदुषणको अवस्था दिनप्रतिदिन बढ्दै गएको देखिएको छ । रोहिणीमा ३ सय ४६, आरके पुराममा ३ सय २९, आनन्द विहारमा ३ सय ७७ र मुँड्कामा ३ सय ६३ वायु गुणस्तर सूचक (एक्वुआई) रहेको समितिले जनाएको छ । यो सूचकले चार ओटै ठाउँको अवस्था अति प्रदूषित देखाएको अधिकारीहरुले जनाएका छन् ।
वायु गुणस्तर सूचक शून्यदेखि ५० सम्म हुँदा राम्रो, ५१ देखि १०० सम्म हुँदा सन्तोषजनक, १०१ देखि २०० सम्म हुँदा विचारणीय वा चिन्ताजनक, २०१ देखि ३०० सम्म प्रदूषित, ३०१ देखि ४०० सम्म अति प्रदूषित र ४०१ देखि ५०० सम्म अति घातक मानिन्छ ।
केन्द्रीय प्रदुषण नियन्त्रण वोर्डले पनि नयाँदिल्लीको प्रदुषण नराम्रो दिशातर्फ बढ्दै गइरहेको भन्दै चिन्ता व्यक्त गरेको छ । प्रदुषण चिन्ताजक अवस्थामा पुग्न थालेपछि दिल्ली प्रदेश सरकारका वातावरणमन्त्री गोपाल राइले प्रदूषण न्यूनीकरणका लागि राजधानी क्षेत्रमा जनचेतनामूलक कार्यक्रम तत्काल सुरु गरिने घोषणा गर्नुभएको छ ।
सरकारी अधिकारीहरुले यसअघि गत शनिबार पनि नयाँदिल्लीको प्रदुषणको अवस्था नराम्रो हुँदै गएको जानकारी दिएका थिए । उनीहरुले त्यतिबेला नै वायु प्रदुषणको त्यतिबेलाको अवस्थामा आगामी दुई दिन अझ वृद्धि हुने पूर्वानुमान गरेका थिए । उनीहरुका अनुसार नयाँदिल्लीमा विशेष गरेर शनिबारको दिन र बेलुकाको समयमा अरु बेलाभन्दा बढी वायु प्रदुषण हुने गरेको पाइएको छ । नयाँ दिल्ली विश्वकै धेरै प्रदूषित सहरको रुपमा चिनिदै आएको छ । प्रदूषित वायुका कारण नयाँदिल्लीको मौषम तथा जलवायु चक्रमा समेत समस्या हुने गरेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- पेट्रोलियम अन्वेषण: ७९ प्रतिशत ‘ड्रिलिङ’को काम सकियो
- त्रिशूलीमा आठ करोडको लागतमा नयाँ पुल निर्माण
- हुथी विद्रोहीले गरे अमेरिकी युद्धपोतमा आक्रमण
- ट्रम्प प्रशासनले रोक्न नसक्ने आणविक विस्तार योजना
- फोहोर मैलाको समस्या र व्यवस्थापन
- ऊर्जामैत्री भवन निर्माणमा नीतिगत प्रस्थान
- बाकु सम्मेलनमा असम्बन्धितहरूको लर्को
- ‘सेवाग्राहीको भिड हुने कार्यालयहरूमा कर्मचारी अभाव हुन दिइँदैन’
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया