कम्प्युटर प्रोसेसर उत्पादक कम्पनीहरु एएमडी र झिलिंक्स एक हुने
सान जोसे (क्यालिफोर्निया) ।
चिप्स उत्पादक कम्पनी एएमडीले झिलिंक्स नामको अर्को चिप्स उत्पादक कम्पनीलाई ३५ अर्ब डलरमा खरिद गर्ने निर्णय गरेको छ । एपीका अनुसार यो खरिदसँगै अर्को विश्व प्रसिद्ध चिप्स उत्पादक कम्पनी इन्टेलसँगको प्रतिस्पर्धा अरु तीव्र हुने अनुमान गरिएको छ ।
झिलिंक्सलाई एएमडीमा गाभेसँगै यसको सेयर बजारको अनुपात पनि टुंगो लागेको छ । झिलिंक्सका सेयरधनीले अब प्रतिसेयर १.७२३४ प्राप्त गर्ने छन् । एएमडीको सेयर हिस्सा ७४ प्रतिशत रहनेछ भने झिलिंक्सको करिब २६ प्रतिशत हुनेछ । एएमडीले उत्पादन गरेका प्रसेसर टेक्नोलोजीहरु सिपियू, जिपियू, एफपीजिए लगायत सफ्टवेयर संचालनमा उच्च गुणस्तर कायम हुनुका साथै बजारमा प्रभाव पार्नेछ ।
झिलिंक्सका प्रमुख कार्यकारी भिक्टर पेङले एएमडीसँगको सहकार्यले बजार विस्तारका साथै डेटा सेन्टर संचालनमा थप प्रगति हुने विश्वास व्यक्त गरे । एएमडीका प्रमुख कार्यकारी डा लिसा सू ले संयुक्त कम्पनीको प्रमुख कार्यकारीका रुपमा जिम्मेवारी सम्हाल्नु हुनेछ ।
पेङ भने एएमडीको अध्यक्ष रहननेछन् र झिलिंक्स तर्फको व्यवसाय र रणनीतिक वृद्धिका बारेमा नेतृत्व लिनेछन् । यो सम्झौतालाई अर्को वर्षको अन्त्यसम्ममा पूर्ण कार्यान्वयन भइसक्नेछ । यो सम्झौतालाई दुबै कम्पनीका सेयरधनीहरुले अनुमोदन गर्नुपर्नेछ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- पेट्रोलियम अन्वेषण: ७९ प्रतिशत ‘ड्रिलिङ’को काम सकियो
- त्रिशूलीमा आठ करोडको लागतमा नयाँ पुल निर्माण
- हुथी विद्रोहीले गरे अमेरिकी युद्धपोतमा आक्रमण
- ट्रम्प प्रशासनले रोक्न नसक्ने आणविक विस्तार योजना
- फोहोर मैलाको समस्या र व्यवस्थापन
- ऊर्जामैत्री भवन निर्माणमा नीतिगत प्रस्थान
- बाकु सम्मेलनमा असम्बन्धितहरूको लर्को
- ‘सेवाग्राहीको भिड हुने कार्यालयहरूमा कर्मचारी अभाव हुन दिइँदैन’
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया