बेलायतमा पुनः लकडाउन
लन्डन ।
बेलायतले इङ्गल्यान्डमा राष्ट्रिय स्वास्थ्य सेवाका लागि ‘स्वास्थ्य तथा नैतिक संकट’ रोक्न दोस्रो राष्ट्रव्यापी लकडाउन घोषणा गरेको छ । पछिल्लो निर्णय जारी गर्दै प्रधानमन्त्री बोरिस जोनसनले क्रिसमस ‘निकै फरक’ हुनसक्ने बताएका छन् । उनले महामारी नियन्त्रणका लागि उठाइएको कदमका कारण उक्त पर्वका अवसरमा परिवारका सदस्यहरूबीच भेट हुनसक्ने वातावरण निर्माण हुनेमा विश्वास व्यक्त गरे ।
प्रधानमन्त्रीले रेष्टुरेन्ट, व्यायामशाला र अति आवश्यक सेवामा नपर्ने पसल सबै चार हप्ताका लागि बन्द गरिने बताए । तर यस अघिको लकडाउनमा बन्द गरिएका विद्यालय र विश्वविद्यालयलाई यस पटक खुला रहन सक्नेगरी निर्णय सार्वजनिक गरिएको छ । पछिल्लो निर्णयअनुसार निर्माणस्थल र उद्योगहरू खुला रहन सक्नेछन्, छुट्टिएर बसेका बाबुआमा छन् भने छोराछोरी बाबु वा आमाकहाँ जान पाउनेछन् । जोखिममा रहेका मानिसहरूलाई विशेष सावधानी अपनाउन भनिएको छ ।
प्रधानमन्त्री जोनसनले भने, ‘यो वर्षको क्रिसमस असाध्यै फरक हुनेछ । तर अहिलेको कडा कदमपछि क्रिसमसका बेला परिवारका सदस्यहरूले भेटघाट गर्नसक्ने स्थिति आउन सक्छ ।’ प्रधानमन्त्रीले ‘डाउनिङ स्ट्रीट’मा पत्रकार सम्मेलनमा लकडाउनले व्यवसायमा पर्ने असरका लागि दुखी भएको भन्दै कामदारहरूलाई सरकारले काम नगरेपनि ८० प्रतिशत तलब दिने नीति नोभेम्बरसम्म जारी हुने बताए ।
एप्रिलमाभन्दा अझ बढी संक्रमण दर र मृत्यु दरका कारण नयाँ बन्दाबन्दीको घोषणा गरिएका बताउँदै उनले ‘कुनै पनि जिम्मेवार प्रधानमन्त्रीले’ त्यसलाई नजरअन्दाज गर्न नसक्ने धारणा राखे । अहिले संक्रमण तुलनात्मक रूपमा कम रहेको इंग्ल्यान्डको दक्षिण पश्चिमी क्षेत्रका अस्पताल समेत केही दिनमा बिरामीको चाप थेग्न नसक्ने अवस्थामा पुग्ने जोनसनले बताए ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- पेट्रोलियम अन्वेषण: ७९ प्रतिशत ‘ड्रिलिङ’को काम सकियो
- त्रिशूलीमा आठ करोडको लागतमा नयाँ पुल निर्माण
- हुथी विद्रोहीले गरे अमेरिकी युद्धपोतमा आक्रमण
- ट्रम्प प्रशासनले रोक्न नसक्ने आणविक विस्तार योजना
- फोहोर मैलाको समस्या र व्यवस्थापन
- ऊर्जामैत्री भवन निर्माणमा नीतिगत प्रस्थान
- बाकु सम्मेलनमा असम्बन्धितहरूको लर्को
- ‘सेवाग्राहीको भिड हुने कार्यालयहरूमा कर्मचारी अभाव हुन दिइँदैन’
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया