भारतमा कोभिड–१९ संक्रमित ८१ लाख ८४ हजार नाघे
नयाँ दिल्ली ।
भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या आइतबारसम्ममा ८१ लाख ८४ हजार नाघेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४६ हजार नौ सय ६४ जना नयाँ संक्रमित थपिएका छन् भने चार सय ७० जनाको मृत्यु भएको छ ।
कोभिड–१९ बाट संक्रमितमध्ये करिब ७४ लाख ९१ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् । कोभिड–१९ को संक्रमणबाट हालसम्म एक लाख २२ हजार एक सय ११ जनाको मृत्यु भएको छ । केही दिनदेखि नयाँ संक्रमित र मृत्यु दरमा निरन्तर कमी आएको छ ।
भारतभर हाल पाँच लाख ७० हजार चार सय ५८ जना सक्रिय संक्रमित रहेका छन् । भारतको महाराष्ट्र राज्य सब भन्दा प्रभावित राज्यको रुपमा रहेको छ । यहाँ एक लाख २४ हजार एक सय ४२ जना सक्रिय संक्रमित रहेका छन् । महाराष्ट्रमा १५ लाख १० हजार तीन सय ३५ जना यस भाइरस मुक्त भएका छन् भने ४३ हजार नौ सय ११ जना कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
त्यसपछि दोस्रो स्थानमा केरला रहेको र यहाँ ९१ हजार दुई सय ९७ जना सक्रिय संक्रमित रहेका र तीन लाख ४० हजार तीन सय २४ जना कोरोनामुक्त भएका छन् । एक हजार चार सय ८४ जनाको मृत्यु भएको जनाइएको छ । तमिलनाडुमा २२ हजार एक सय ६४ जना सक्रिय संक्रमित रहेका छन् भने नयाँ दिल्लीमा ३२ हजार सात सय १९ जना सक्रिय संक्रमित रहेका छन् । (रासस–एएनआई)
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- पेट्रोलियम अन्वेषण: ७९ प्रतिशत ‘ड्रिलिङ’को काम सकियो
- त्रिशूलीमा आठ करोडको लागतमा नयाँ पुल निर्माण
- हुथी विद्रोहीले गरे अमेरिकी युद्धपोतमा आक्रमण
- ट्रम्प प्रशासनले रोक्न नसक्ने आणविक विस्तार योजना
- फोहोर मैलाको समस्या र व्यवस्थापन
- ऊर्जामैत्री भवन निर्माणमा नीतिगत प्रस्थान
- बाकु सम्मेलनमा असम्बन्धितहरूको लर्को
- ‘सेवाग्राहीको भिड हुने कार्यालयहरूमा कर्मचारी अभाव हुन दिइँदैन’
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया