Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअक्टोबरमा भारतको बेरोजगारी दर ६.९८ पुग्यो

अक्टोबरमा भारतको बेरोजगारी दर ६.९८ पुग्यो


नयाँ दिल्ली ।
कोभिड–१९ का कारण अर्थतन्त्रमा परेको विश्वव्यापी प्रभावका कारण खुम्चिएको बेरोजगारी दर सेप्टेम्बरमा ६.६७ प्रतिशत रहेकोमा अक्टोबरमा उक्त दर ६.९८ प्रतिशतमा पुगेको भारतीय अर्थतन्त्र अनुगमनका लागि स्वतन्त्र प्रवुद्धहरूको केन्द्र (सीएमआईई) ले सार्वजनिक गरेको पछिल्लो तथ्यांकमा उल्लेख छ ।

सोमबार साँझ जारी गरिएको सीएमआईईको तथ्यांकका अनुसार यस पहिले कृषि क्षेत्र मजबुत हुने संकेत देखिएको भए पनि अक्टोबरमा यस क्षेत्रको बेरोजगारी बढेको छ । सहरी क्षेत्रको बेरोजगारी दर सेप्टेम्बरमा ८.४५ रहेकोमा अक्टोबरमा ७.१५ प्रतिशतमा झरेको छ ।

त्यस्तै ग्रामीण क्षेत्रको बेरोजगारी दर सेप्टेम्बरमा ५.८६ प्रतिशत रहेकोमा अक्टोबरमा ६.९० पुगेको केन्द्रले बताएको छ । रोजगार संख्याको विपरीत अब्टोबरमा सामान तथा सेवा कर संकलनमा फेब्रुअरीपछि उच्च रहेको र सन् २०१९ को अक्टोबरको तुलनामा १०.२ प्रतिशतले वृद्धि भएको बताइएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया