Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारविश्वभर तीन करोड ४० लाख मानिस कोरोना संक्रमणमुक्त

विश्वभर तीन करोड ४० लाख मानिस कोरोना संक्रमणमुक्त


काठमाडौं ।
कोरोनाभाइरसबाट संक्रमित भएर पनि अहिले संक्रमणमुक्त भइसकेकाहरुको संख्या विश्वभरी तीन करोड ४० लाखभन्दा बढी पुगेको छ । विभिन्न निकायहरुले सार्वजनिक गरेको विवरण अनुसार मंगलबारसम्ममा विश्वभरी तीन करोड ४० लाख ६० हजार दुई सय ४१ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भइसकेका हुन् ।

तर कोरोनाभाइरसबाट संक्रमित भएर मृत्यु भएकाहरुको संख्या भने १२ लाख १२ हजार एक सय १६ पुगेको अधिकारीहरुले जनाएका छन् । विश्वभरी अहिलेसम्म कोरोनाभाइरसबाट कुल चार करोड ७३ लाख ६३ हजार नौ सय ८५ जना संक्रमित भएका छन् । कुल संक्रमितमध्ये एक करोड २० लाख ९१ हजार छ सय २८ जना अझै पनि संक्रमित अवस्थामै रहेका छन् ।

अहिले पनि संक्रमित अवस्थामै रहेकामध्ये झण्डै ९९ प्रतिशत अर्थात् एक करोड २० लाख चार हजार नौ सय ५७ जना मध्यम अवस्थामा रहेका छन् भने झण्डै एक प्रतिशत अर्थात ८६ हजार छ सय १७ जनाको अवस्था गम्भीर रहेको छ । संक्रमित र मृतकहरुको संख्याका आधारमा हेर्दा अमेरिका सबैभन्दा बढी प्रभावित देखिएको छ । अमेरिकामा अहिलेसम्म कुल ९५ लाख ६७ हजार पाँच सय ४३ जना संक्रमित हुँदा कुल दुई लाख ३६ हजार नौ सय ९७ जनाको मृत्यु भएको छ ।

त्यसैगरी दोस्रो धेरै प्रभावित भएको भारतमा अहिलेसम्म कुल ८२ लाख ६७ हजार छ सय २३ जना संक्रमित भएका छन् भने एक लाख २३ हजार दुई सय ३९ जनाको मृत्यु भएको छ । तेस्रो धेरै मानवीय क्षति भएको ब्राजिलमा अहिलेसम्म एक लाख ६० हजार दुई सय ७२ जनाको कोरोनाभाइरसकै कारण मृत्यु भएको छ । ब्राजिलमा अहिलेसम्म ५५ लाख ५४ हजार दुई सय छ जना संक्रमित भएका छन् । कोरोनाभाइरसबाट रुसमा अहिलेसम्म १६ लाख ७३ हजार छ सय ८६ जना संक्रमित भएका छन् भने २८ हजार आठ सय २८ जनाको मृत्यु भएको छ ।

कोरोनाभाइरसबाट प्रभावित भएका मुलुकहरुमध्ये रुस चौथो अग्रपंक्तिमा पर्दछ । पाँचौँ अग्रपंक्तिमा रहेको फ्रान्समा अहिलेसम्म कोरोनाभाइरसका कारण ३७ हजार चार सय ३५ जनाको मृत्यु भएको छ । फ्रान्समा कोरोनाबाट अहिलेसम्म १४ लाख ६६ हजार चार सय ३३ जना संक्रमित भएका छन् । त्यसैगरी स्पेन, अर्जेन्टिना, कोलम्बिया, बेलायत र मेक्सीको कोरोनाभाइरसबाट प्रभावित अग्र १० देशमा रहेका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया