९४ वर्षको व्यावसायिक यात्रामा एमएण्डएसले व्यहो-यो पहिलो नोक्सानी
लन्डन ।
माक्र्स एण्ड स्पेन्सरले ९४ वर्षको व्यावसायिक यात्रामा पहिलोपटक नोक्सानी व्यहोरेको छ । सार्वजनिक रुपमा सूचीकृत कम्पनीले कोरोना भाइरस संक्रमणको महामारीले व्यवसाय प्रभावित भएपछि पहिलोपटक नोक्सानी व्यहोरेको बीबीसीले जनाएको छ । सेप्टेम्बर २६ सम्मको छ महिनामा खुद्रा सामग्री बिक्रेता कम्पनीले ८ करोड ७६ लाख पाउन्ड स्टर्लिङ घाटा व्यहोरेको हो । गत वर्ष सोही अवधिमा कम्पनीले १५ करोड ८८ लाख पाउन्ड नाफा आर्जन गरेको थियो ।
तर प्रमुख कार्यकारी स्टिभ रोवेले कम्पनीको व्यावसायिक अवस्था द्रुतगतिमा सुध्रिँदै गएको दाबी गरे । अगस्टमा एमएण्डएसले ७ हजार रोजगारी तीन महिनाभित्र कटौती गर्ने बताएको थियो । कम्पनीको छ महिना अवधिमा बिक्री १५.८ प्रतिशतले घटेर ४ अर्ब ९ करोड पाउन्ड पुगेको थियो । क्लोथिङ (कपडाजन्य) र होम सेलमा कम्पनीको बिक्री घटेको छ । खासगरी कोरोना महामारीका कारण देशहरुले गरेको लकडाउनको प्रभाव कम्पनीको व्यवसायमा परेको छ । जुलाई र सेप्टेम्बरसम्मको अवधिमा कपडा बिक्री सहरी स्टोरहरुमा ५३ प्रतिशतसम्मले घटेको बताइएको छ । यद्यपि कम्पनीले कपडाको माग बढ्ने आशा गरेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
- ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
- जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
- नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया