भारतमा कार बिक्री महामारीमा पनि उच्च
नयाँ दिल्ली ।
भारतमा गत वर्षको तुलनामा यो वर्ष १७.५ प्रतिशतले बढी कार बिक्री भएको छ । कोरोना महामारीका बीच २०१९ अक्टोबर महिनाको तुलनामा २०२० को अक्टोबरमा करिब ५० हजार बढी कारहरु बिक्री भएका हुन् । गत वर्षको सोही महिनामा कुल २ लाख ८४ हजार ८ थान कार बिक्री भएकामा गत अक्टोबरमा कुल ३ लाख ३३ हजार ७ सय ५९ थान कार बिक्री भएको हो ।
भारतीय अटो कम्पनीले नोभेम्बर महिनामा दीपावली भएको हुँदा बजार अटोबजार अझै चलायमान हुने आशा गरेका छन् । अक्टोबरमा सबैभन्दा बढी गाडी मारुती सुजुकीले बिक्री गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बजार हिस्साको ४९ दशमलव २ प्रतिशत ओगट्दा दोस्रोमा रहेको हुन्डाईले १६ दशमलव ९६ प्रतिशत छ ।
एक महिनामा सुजुकीले १ लाख ६३ हजार ६ सय थान कार बिक्री गरेको छ । जुन अघिल्लो वर्षको सोही महिनामा बिक्री भएको १ लाख ३९ हजार १ सय २१ थानको तुलनामा १७ दशमलव ६ प्रतिशतले बढी हो । त्यसैगरी हुन्डाईले १३ दशमलव १८ प्रतिशतले बजार बजार बढाउँदै गत वर्ष ५० हजार १० थान बिक्री गरेकोमा यो वर्ष ५६ हजार ६ सय बिक्री गरेको छ ।
महिन्द्रालाई उछिनेर टाटा तेस्रो स्थानमा बनाउँदै २३ हजार ६ सय थान कार बिक्री गरेको छ । महिन्द्राले जम्मा १८ हजार ६ सय बिक्री गरेको छ। महिन्द्रालाई किया मोटर्सले समेत पछि पारेको छ। कियाले यो अवधिमा २१ हजार २१ थान कार बिक्री गरेको छ। रेनो, फक्सवागन र निसानले बजार हिस्सा गुमाएका छन् । रेनोले गत वर्षको सोही अवधिमा कुल ११ हजार ५ सय १६ थान कार बिक्री गरेकोमा यो वर्ष ११ हजार ५ थान बिक्री गरेको छ । त्यसैगरी फक्सवागनले २ हजार ५४ थानमा सीमित भएको छ। निसानले ९ सय ८३ थान बिक्री गरेको छ ।
हिरोले बेच्यो ८ लाख मोटरसाइकल : यसैबीच, हिरो मोटोकर्पले भारतमा अक्टोबर महिनामा मात्रै ८ लाख मोटरसाइकल तथा स्कुटर बिक्री गरेको छ । कोभिड १९को अवस्थामा पनि गतवर्षको तुलनामा ३५ प्रतिशत बढीले बिक्री गरेको हो । हिरोले अक्टोबर महिनामा भारतीय बजारमा ८ लाख ६ हजार युनिट मोटरसाइकल तथा स्कुटर बिक्री गरेको छ । जब कि गत वर्षको सामान्य अवस्थामा अक्टोबर महिनामा ५ लाख ९९ हजार युनिट मोटरसाइकल तथा स्कुटर बिक्री गरेको थियो ।
कम्पनीले ग्राहकको माग, सरकारको नीतिगत सहयोग, सप्लाई चेनमा सुधार गर्दा व्यापार बढाउन सफल भएको बताएको छ । नोभेम्बर महिना चाडपर्वको समय भएकाले झन् बिक्री बढ्ने कम्पनीले विश्वास बढेको छ । अक्टोबर महिनामा भारतमा माएस्ट्रो ऐज १२५ स्कुटर, १२५ सीसीकै ग्लामर ब्लाजाको स्पेशल इडिसन, ११० सीसीको स्पेन्टर ब्लाक नयाँ प्रोडक्टको रुपमा बजारमा ल्याएको थियो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
- ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
- जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
- नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया