Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारके महामारीमा होटलमा बस्नु सुरक्षित हुन्छ ?

के महामारीमा होटलमा बस्नु सुरक्षित हुन्छ ?


वासिङटन डीसी ।
कोरोनाभाइरसको महामारी चलिरहेका बेला होटलमा बस्नु सुरक्षित होला कि नहोला ? अहिले धेरै मानिसलाई यो प्रश्नले सताइरहेको पाइन्छ । अमेरिकी रोग नियन्त्रण तथा निवारण केन्द्रले यसबारेमा धारणा सार्वजनिक गर्दै स्पष्ट पारेको छ । उसका अनुसार कोरोनासँग सुरक्षित रहनका लागि होटलमा बस्नु भन्दा घरमा बस्नु नै सुरक्षित हुनेछ ।

‘यदि तपाईं यात्रामा हुनुहुन्छ भने होटलमा बस्नुपर्ने बाध्यता हुनसक्छ’, केन्द्रले भनेको छ । त्यसैगरी संयुक्त रुपमा भाडाको घरमा वा फ्ल्याटमा बस्नुहुन्छ भने पनि घरमै बस्नु भन्दा होटलमा बस्नु ठिक हुने केन्द्रको ठहर छ । तर आफ्नै घर हो, फ्ल्याट पनि छुट्टै छ भने घरमै बस्न सुझाव दिने गरेको केन्द्रका अधिकारीहरुले बताएका छन् । सँगसगै खाने, सँगसगै सुत्ने वा शौचालय पनि साझा हुने होटल तथा लजहरु सवैभन्दा असुरक्षित हुने उनीहरुको भनाइ छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया