Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारउत्तर कोरियामा सार्वजनिक स्थलमा धूमपान गर्न प्रतिबन्ध

उत्तर कोरियामा सार्वजनिक स्थलमा धूमपान गर्न प्रतिबन्ध


प्योङयाङ ।
उत्तर कोरियामा नयाँ दुई ओटा कानुन कार्यान्वयनमा ल्याइएको छ । एउटा कानुनले सार्वजनिक स्थलहरुमा धूमपान गर्न प्रतिवन्ध लगाइएको छ भने अर्को कानुनले सार्वजनिक सम्पत्तिको संरक्षणमा जोड दिइएको छ । कोरियाली केन्द्रिय समाचार संस्थाले बिहीबार सम्प्रेषण गरेको समाचारअनुसार दोस्रो कानुनमा व्यवसायीहरुलाई थप जग्गा जमिन, उर्जा र खर्च बचत गर्नुपर्ने उल्लेख गरिएको छ । उत्तर कोरियाको संसदका उच्च सदस्यहरु, सर्वोच्च जनसभालगायतको बैठकले बुधबार दुवै कानुनलाई स्वीकृत गरेको जनाइएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया