Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारविलासी कार निर्माता बेन्टलेले सन् २०३० पछि विद्युतीय कारमात्रै उत्पादन गर्ने

विलासी कार निर्माता बेन्टलेले सन् २०३० पछि विद्युतीय कारमात्रै उत्पादन गर्ने


लन्डन ।
विलासी कार निर्माता बेन्टलेले सन् २०३० सम्ममा पूर्णरुपमा विद्युतीय कार मात्रै निर्माण गर्ने भएको छ । बीबीसीका अनुसार त्यसअघि कम्पनीले कि त हाइब्रिड (पेट्रोल तथा विद्युतीय) कि भने ब्याट्री इलेक्ट्रिक कार मात्रै सन् २०२६ सम्ममा उत्पादन गर्ने जनाएको छ । बेन्टले फक्सवागनको स्वामित्व रहेको कार निर्माता हो । उसले एकै दशकमा कार्बन न्युट्रल उत्पादनमा रुपान्तरित हुने प्रतिबद्धता व्यक्त गरेको हो ।

बेलायतमा अहिले विद्युतीय कारको बजार राम्रो हुँदै गएको छ । कम्पनीका प्रमुख कार्यकारी एड्रियन हलमार्कले दशकभित्रै सय वर्ष पुरानो कम्पनी विद्युतीयमा रुपान्तरित हुने बताए । कम्पनीका अनुसार यसरी रुपान्तरित हुँदा आफ्ना कर्मचारी पनि सोहीअनुसार कार्यक्षेत्रमा खटाइनेछन् । बेन्टले १२ सिलिन्डर पेट्रोल इन्जिनका लागि प्रसिद्ध छ ।

वातावरणीय संरक्षणमैत्री सवारीसाधनमा उसले नेतृत्व गर्ने महत्वाकांक्षा पनि देखाउँदै आएको छ । यसको स्वामित्वकर्ता फक्सवागनले पनि अर्बौँ युरो विद्युतीय सवारी उत्पादनमा खर्च गर्ने योजनाअनुसार अघि बढिरहेको छ । जुनमा बेन्टलेले १ हजार रोजगारी कटौती गरेर खर्च जोगाउने योजना सार्वजनिक गरेको थियो । तर पछि योजना कार्यान्वयनबाट पछि हटेको थियो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया