न्युजिल्याण्डका साना व्यवसायीलाई ब्याज मिनाहाको घोषणा
न्युजिल्याण्ड ।
न्युजिल्याण्डमा नवगठित सरकारले साना व्यवसायीहरूका लागि विषेश राहत कार्यक्रमको घोषणा गरेको छ । लेबर पार्टीको सरकारको पहिलो मन्त्रीपरिषद्को बैठकले साना व्यवसायीलाई बचाइ राख्न सोमबार बलियो राहत कार्यक्रम घोषणा गरेको हो ।
कोरोनाभाइरसका कारण मर्कामा परेका साना व्यवसायीलाई उठाउनका लागि बलियो सहयोगका कार्यक्रम बनाइएको सरकारी अधिकारीले जानकारी दिएका छन् । साना व्यवसायीहरू राज्यको अर्थतन्त्रको एउटा महत्वपूर्ण अंश भएकाले उनीहरुलाई सहयोग गरेर देशको अर्थतन्त्र पनि जोगिने भएकाले समेत उनीहरुका लागि राहतको कार्यक्रम ल्याइएको सरकारले जनाएको छ ।
‘आजको मन्त्रिपरिषद्को बैठकले साना व्यवसायीका लागि राहतको प्याकेज दिने निर्णय गरेको छ, यसअघि दिदै आएका सहुलियतहरूको म्याद पनि थप गरिएको छ’, प्रधानमन्त्री जसिन्दा अर्डेर्नले सोमबार भनिन् । मन्त्रिपरिषद् बैठकपछिको सम्बोधनका क्रममा उनले यस बर्ष म्याद सकिन लागेका राहत तथा सहुलियतका कार्यक्रमहरु सन् २०२३ को डिसेम्बर ३१ सम्म जारी रहने जानकारी दिइन् ।
कोरोनाका कारण मर्कामा परेका साना व्यवसायीहरुलाई एक वर्षदेखि दुई वर्षसम्म ब्याज मिनाहा सहुलियत दिइने उनले बताइन् । ‘कोरोनाभाइरसको महामारी न त डिसेम्बरसम्ममा सकिन्छ, न त हाम्रो राहत प्याकेज सकिन्छ’, उनले भनिन् । फरक व्यवसायलाई फरक समय र अवस्थाको राहत प्याकेज चाहिने भएकाले त्यही अनुसारको व्यवस्था गरिएको पनि प्रधानमन्त्री अर्डेर्नले जानकारी दिइन् । कठिन समयमा व्यवसायीहरुलाई सरकारले पछाडिबाट धकेल्ने काम गर्नु नै महत्वपूर्ण हुने उनको भनाइ छ । ‘अर्थतन्त्रलाई पुनःउत्थान गर्नु सरकारको प्राथमिकता हो, त्यसका लागि साना व्यवसायीलाई बचाउनु पुन ःउत्थानका लागि मुख्य उपाय हो’, उनले भनिन् ।
न्युजिल्याण्डमा हालै भएको निर्वाचनपछि गठन भएको सरकारका मन्त्रीहरुले शुक्रबार शपथग्रहण गरेका हुन् । त्यसपछि सोमबार पहिलो बैठक बसेको हो । निर्वाचनअघि पनि सरकारको नेतृत्व गर्नुभएकी अर्डेर्नले कोरोनाभाइरसको महामारी व्यवस्थापनका लागि प्रभावकारी, परिपक्व र जिम्मेवार भूमिका खेलेको ठानेर अहिलेको निर्वाचनमा अझ धेरै जनमत पाएका छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया