रसियाको अध्यक्षतामा संघाई सहयोग संगठनको वार्षिक बैठक सुरु
नयाँदिल्ली ।
संघाई सहयोग संगठन (एससिओ) का सदस्य राष्ट्रहरुको भर्चुअल बैठक रसियाको अध्यक्षतामा मंगलबार सुरु हुँदै छ । कोरोनाभाइरसका कारण क्षेत्रीय तथा विश्वव्यापी रुपमा व्यापक असर परिरहेको सन्दर्भमा एससिओको वार्षिक बैठकमा यी विषयमाथि नै प्रमुख रुपमा छलफल गर्नेछ । एससिओका सदस्य राष्ट्र एवं सरकार प्रमुख सहभागी हुने यो २०औं बैठक हो ।
बैठकमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङले सीमा क्षेत्रमा जारी सैनिक गतिरोध अन्त्य गर्ने विषयमा पनि छलफल गर्ने अनुमान गरिएको छ । दुबै देशबीच गत जुन महिनादेखि सीमा क्षेत्रमा तनावको स्थिति छ । भारतले भने एससिओ बैठकमा पूर्ण सदस्यका रुपमा भाग लिएको यो तेस्रो पटक हो । भारतलाई सन् २००५ मा पर्यवेक्षक तथा सन् २०१७ मा पूर्ण सदस्य बनाइएको थियो । बैठक समाप्त भएपछि मस्कोबाट संयुक्त वक्तव्य जारी हुनेछ ।
बैठकमा संगठनका सदस्य राष्ट्रहरुले सामना गर्नु परिरहेका समस्या तथा सहयोगका क्षेत्रहरुका बारेमा विचार विमर्श हुने स्पुटनिक समाचार समितिले जनाएको छ । बैठकमा सहभागी हुने अन्य नेताहरुमा पाकिस्तानका प्रधानमन्त्री इमरान खान, रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन, मध्य एसियाली मुलुकहरु कजाखस्तान, किर्गिजस्तान, ताजिकिस्तान र उज्वेकिस्तानका नेताहरु रहनु भएको छ ।
यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एससिओ बैठकमा द्विपक्षीय मामिला उठाउनु संगठनको सिद्धान्त विपरीत हुने बताएका छन् । पाकिस्तानका प्रधानमन्त्रीको सम्बोधनप्रति अप्रत्यक्ष रुपमा असहमति जनाउँदै प्रधानमन्त्री मोदीले द्विपक्षीय मामिलाका कुरा बैठकमा उठाउनु संगठनको भावना र सहमति विपरीतको कार्य भएको बताए । उनले संयुक्त राष्ट्रसंघले ७५ वर्ष पूरा गरिसकेको सन्दर्भमा यसलाई बदलिँदो विश्व परिवेश बमोजिम यसको संगठन संरचनामा परिवर्तन गर्नु पर्ने आवश्यकतामा जोड दिए ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया