Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारपाकिस्तानमा विवाहका लागि नयाँ निर्देशिका

पाकिस्तानमा विवाहका लागि नयाँ निर्देशिका


इस्लामावाद ।
पाकिस्तानमा वैवाहिक समारोह आयोजनाका लागि नयाँ मापदण्ड तथा निर्देशिका जारी गरिएको छ । कोरोनाभाइरसको दोस्रो चरणको महामारी बढ्दै गएपछि सरकारले बैवाहिक कार्यक्रमका लागि नयाँ निर्देशिका जारी गरेको हो । पाकिस्तानमा पछिल्लो २४ घण्टामा एक हजार ६५० जना कोरोनाभाइरसबाट संक्रमित भएको विवरण सार्वजनिक गरिएको छ । योसँगै पाकिस्तानमा अहिलेसम्म तीन लाख ४४ हजार ८ सय ३९ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् । त्यसैगरी पाकिस्तानमा कोरोनाभाइरसका कारण अहिलेसम्म छ हजार ९ सय ७७ जनाको मृत्यु भएको छ । तीमध्ये नौ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको राष्ट्रिय स्वास्थ्य सेवा मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म कुल संक्रमितमध्ये तीन लाख १८ हजार ८ सय ८१ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएका छन् । पाकिस्तानमा १८ हजार ९ सय ८१ जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन भने तीमध्ये ९ सय ७२ जनाको अवस्था गम्भीर रहेको छ । संक्रमित र मृतकको संख्या दोस्रो चरणमा बढ्दै गएपछि महामारी न्यूनीकरण गर्न नेश्नल कमाण्ड एण्ड अप्रेसन सेन्टर (एनसीओसी)ले वैवाहिक कार्यक्रमका लागि नयाँ निर्देशिका जारी गरेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया