Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारविमान निर्मातालाई अनुदान विवादः

विमान निर्मातालाई अनुदान विवादः


ब्रसेल्स ।
युरोपेली संघ (ईयू)ले चार अर्ब अमेरिकी डलर बराबरका वस्तुमा कर लगाएको छ । विमान निर्माता बोइङलाई अमेरिकाले आर्थिक अनुदान दिएको भन्दै ईयूले उक्त कर लगाएको हो । नयाँ करअन्तर्गत ईयूले अमेरिकी वस्तुमा २५ प्रतिशत कर लगाएको छ। त्यस्तै आयातित अमेरिकी विमानमा १५ प्रतिशत शुल्क (कर) लाग्नेछ । ईयूले लगाएको करलाई गत महिना नै विश्व व्यापार संगठनले स्वीकृति दिएको थियो भने मंगलबारदेखि कार्यान्वयनमा आएको बीबीसीले जनाएको छ । यसबाट ट्रयाक्टर, केचप र सुन्तलाको जुसलगायतका वस्तु प्रभावित हुनेछन् ।

ईयूले अझै पनि विवाद समाधानको आशा गरेको जनाएको छ । गत वर्ष अमेरिकाले युरोपेली वस्तुमा कर लगाएको थियो। ईयूका एक अधिकारीले नयाँ राष्ट्रपति जोय बाइडेनको प्रशासनसँग यसबारे वार्ता गरी समाधान गर्न सकिने आशा गरेको बताए । ईयूका व्यापार आयुक्त भाल्डिस डोमब्रोभ्सकिसले ईयूले दुवै पक्षबाट लगाएका कर हटाउने आशा गरेको बताए ।

ईयू र अमेरिकाबीच आआफ्ना विमान निर्माताहरु एयरबस र बोइङलाई राज्यले सहयोग दिएको विषयमा लामो समययता विवाद हुँदै आएको छ । यसरी दुवैतर्फका कर हटाउँदा दुवै पक्षको जित हुने उनले बताए । समान लक्ष्यप्राप्तिका लागि ट्रान्सएटलान्टिक सहकार्य र सँगै काम गर्नुपर्ने ती आयुक्तको भनाइ छ । अमेरिकाले भने ईयूको पछिल्लो कदमबाट दुःखी भएको टिप्पणी गरेको छ । अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइथाइजरले ईयूले भनेको तथाकथित सब्सिडी विवाद सात महिनाअघि नै समाधान भइसकेको उनको दाबी छ । ट्रम्पले सत्ता सम्हालेयता अमेरिकाको पक्ष तथा मित्र मानिने युरोपसँग व्यापार विवाद चर्किँदै आएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया