Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारकोभिड–१९ बाट विश्व स्वास्थ्य संगठनका ६५ कर्मचारी संक्रमित

कोभिड–१९ बाट विश्व स्वास्थ्य संगठनका ६५ कर्मचारी संक्रमित


अमेरिका ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का ६५ जना कर्मचारी कोरोनाभाइरसबाट संक्रमित भएका छन् । संगठनका अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार कोरोनाभाइरसको महामारी फैलिएदेखि अहिलेसम्म संगठनका ६५ जना संक्रमित भएका हुन् ।

उनीहरु सबै जना संगठनको केन्द्रीय कार्यालय जेनेभामा कार्यरत कर्मचारी रहेको पनि अधिकारीहरुले बताएका छन् । संगठनका केही कर्मचारी घरबाटै काम गर्दा र केही कर्मचारी फिल्डमा काम गरेका बेला संक्रमित भएको जनाइएको छ । डब्लुएचओले सामाजिक सञ्जाल ट्विटरबाट दिएको जानकारीअनुसार संक्रमण पुष्टि भएका सबैलाई पर्याप्त उपचारको व्यवस्था गरिएको छ । त्यसैगरी उनीहरुसँग सम्पर्कमा रहेकाहरूलाई पनि परीक्षण गराउने र स्वास्थ्य सतर्कता अपनाउन लगाउने पनि गरिएको डब्लुएचओले जनाएको छ ।

विश्वव्यापीरूपमा फैलिएको महामारी नियन्त्रण तथा व्यवस्थापनका लागि नेतृत्वदायी भूमिका खेल्दै आइरहेको अन्तर्राष्ट्रिय संस्थाका कर्मचारी नै संक्रमित हुनुलाई अर्थपूर्ण रुपमा लिने गरिएको छ । जोन हकिङ्स विश्वविद्यालयका अनुसार विश्वभर अहिलेसम्म कुल पाँच करोड ४६ लाख ७८ हजार १ सय ५९ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् । तीमध्ये १३ लाख २१ हजार ४ सय ३ जनाको मृत्यु भएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया