Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचीनको राजस्व ५.५ प्रतिशतले घट्यो

चीनको राजस्व ५.५ प्रतिशतले घट्यो


बेइजिङ  ।
चीनको चालू आर्थिक वर्षको पहिलो १० महिनामा राजस्व ५.५ प्रतिशतले घटेको छ । वर्षगत तुलनामा राजस्वमा उक्त दरले कमी आएर २४ खर्ब २० अर्ब अमेरिकी डलर राजस्व संकलन भएको आधिकारिक सरकारी तथ्यांकले देखाएको हो । कर राजस्व अघिल्लो वर्षको तुलनामा ४.६ प्रतिशतले घटेर १ सय ३५ खर्ब चिनियाँ युआन संकलन भएको छ भने मूल्यअभिवृद्धितर्फको कर जुन मुख्य राजस्व स्रोत हो, त्यो पनि ११.४ प्रतिशतले घटेर ४८ खर्ब २० अर्ब युआन मात्रै संकलन भएको छ ।

चिनियाँ अर्थ मन्त्रालयको तथ्यांकअनुसार केन्द्र सरकारले झण्डै ७३ खर्ब ६० अर्ब युआन उक्त अवधिमा राजस्व संकलन गरेको छ । जुन अघिल्लो वर्षभन्नदा ८.७ प्रतिशतले कम हो । त्यस्तै स्थानीय सरकारको राजस्वमा पनि २.४ प्रतिशतले घटेर ८४ खर्ब ९० अर्ब युआन मात्रै संकलन भएको छ । बुधबारको तथ्यांकअनुसार देशको कुल खर्च पनि शून्य दशमलव ६ प्रतिशतले घटेर १ सय ८९ खर्ब ४० अर्ब युआनमा झरेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया