कोरोनाको बेला एसियाकै चम्किलो तारा
सिंगापुर ।
भियतनामले कोरोना महामारीबाट अर्थतन्त्रलाई जोगाउन सफल भएको छ । सोसँगै यो वर्ष दक्षिणपूर्वी एसियामा आर्थिक वृद्धिदरलाई लयमा फर्काउने एउटा मात्रै अर्थतन्त्र साबित भएको छ । यो वर्ष भियतनामले २.४ प्रतिशतले आर्थिक वृद्धि हासिल गर्ने आशा गरिएको अन्तर्राष्ट्रिय मुद्राकोषले सार्वजनिक गरेको पछिल्लो तथ्यांकले देखाएको बीबीसीले जनाएको छ । भियतनामको यो सफलतामा कोरोना महामारीका बेला उसले चालेको निर्णायक कदमले स्वास्थ्य र आर्थिक संकटलाई रोक्नसकेको कोषको ठहर छ । भियतनाममा जम्मा १ हजार २ सय ८८ कोरोना संक्रमित रहेकोमा ३५ जनाको मात्रै मृत्यु भएको छ ।
सन् २०२१ मा भियतनामको अर्थतन्त्र झनै बलियो हुने प्रक्षेपण कोषको छ । उसले आगामी वर्ष ६.५ प्रतिशतले वृद्धिदर हासिल गर्ने अनुमान गरिएको छ । त्यसका लागि आन्तरिक र बाह्य आर्थिक गतिविधिले पनि सघाउनेछ । धेरै धनीराष्ट्रको तुलनामा स्वास्थ्य पूर्वाधार सोहीअनुसार नभए पनि उसले सार्वजनिक स्वास्थ्यलाई महामारीबाट जोगाउन निर्णायक पहल गरेको थियो । यसबाट संक्रमितको संख्या न्यूनीकरण भएको थियो । त्यस्तै परीक्षण किट विकासमा पनि भियतनाम सफल भएको थियो । त्यसबाट रणनैतिक परीक्षण, द्रुततर कन्ट्याक्ट ट्रेसिङले संक्रमण नियन्त्रणमा मद्दत मिलेको थियो ।
महामारीले भियतनामको पर्यटन क्षेत्र तहसनहस भए पनि खराब आर्थिक अवस्थाबाट भने जोगिन सफल भएको थियो । महामारीका बेला भियतनामीहरुले घरबाटै काम गरेका थिए । त्यसका लागि आवश्यक बन्दोबस्त गर्न उनीहरु सफल भएका थिए । चालू वर्षको पहिलो तीन त्रैमासिकमा भियतनामको अमेरिका निर्यात अघिल्लो वर्षभन्दा २३ प्रतिशतले बढेको थियो । जसमा २६ प्रतिशतभन्दा बढी विद्युतीय सामग्रीहरु थिए ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया