हुवावेकी मेङ वाङ झाउको मुद्दा राजनीतिक : चिनियाँ विदेश मन्त्रालय
बेइजिङ ।
प्रसिद्ध चिनियाँ टेलिकम कम्पनी हुवावेका प्रमुख वित्तीय अधिकृत मेङ वाङझाउको मुद्दालाई राजनीतिक प्रकृतिको भएको चीनले शुक्रबार पुनः दोहो-याएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिचियानले के क्यानाडाले सन् २०१८ को डिसेम्बरमा हुवावेका प्रमुख वित्तीय अधिकृत झाउको पक्राउलाई लिएर पश्चात्ताप भएको छ भन्ने सञ्चारकर्मीको प्रश्नमा क्यानाडेली प्रधानमन्त्री जस्टिन ट्रुडोले आफूले देशको नियम र कानुनको पालना गरेकोमा पश्चात्ताप नहुने बताएपछि चीनको प्रतिक्रिया आएको हो ।
ट्रुडोले एसिया प्यासिफिक आर्थिक सहकार्य (एपेक) को प्रमुख कार्यकारी अधिकृतसँगको वार्तामा भनेको कुरालाई लिएर चीनको प्रतिक्रिया आएको हो । ट्रुडोले भनेका थिए, ‘के म क्यानाडाले आफ्नो कानुनलाई पालना गर्दा पछूतो मानौँ ? क्यानाडाले आफ्नो निकट सहयोगीसँगको लामो समयदेखि पालना गर्दै आएको सुपुर्दगी सन्धिको पालना गर्दा पश्चात्ताप गरौँ ? पक्कै पनि हुँदैन ।’
झाओले प्रतिक्रिया दिए, ‘किन क्यानाडा मात्रैै एउटा यस्तो मुलुक भएको छ जसले सुपुर्दगी सन्धिलाई पालना गर्नुपर्ने ? किन अमेरिकाका सहयोगी अन्य मुलुकले यो जिम्मेवारीलाई मान्दैनन् ।’ किनकि उनीहरू अमेरिकाको भद्दा हस्तक्षेपमा सहमत छैनन् । उनीहरूले अमेरिकाको निजी स्वार्थ र सन्तुष्टिका लागि आफ्ना नागरिकको विपरीतमा केही काम गर्दैनन् ।
मेङ वाङ झाउको मुद्दामा चीनको अडान निरन्तर स्पष्ट तथा एउटै रहेको झाओले बताए । क्यानाडाले तथ्यलाई तोडमोड गरेको र वास्तविकतालाई लुकाएर क्यानाडेली नागरिकलाई नै गलत बाटोमा लान खोजेको आरोप चिनियाँ विदेश मन्त्रालयले लगाएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया