२० महिना ग्राउन्डेडपछि बोइङ म्याक्सजेटलाई यात्रु उडाउन स्वीकृति
अमेरिका ।
इथियोपिया र इन्डोनेसियामा केही समय अन्तरमा भएको एकै प्रकृतिको विमान दुर्घटनासँगै ग्राउन्डेड भएको बोइङका ७३७ म्याक्सजेट विमानले लामो समयपछि व्यावसायिक उडान गर्न स्वीकृति पाएको छ । अमेरिकी संघीय उड्डयन प्रशासन (द फेडेरल एभिएसन एडमिनिस्ट्रेसन) ले बुधबार बोइङको ७३७ म्याक्स जेट विमानलाई पुनः व्यावसायिक सेवामा फर्किन अनुमति प्रदान गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।
सीएनएनका अनुसार दुई ठूला एकै प्रकृतिका दुर्घटना ३ सय ४६ जनाको मृत्यु भएपछि लामो समय ग्राउन्डेड अवस्थामा रहेको उक्त मोडलका विमानको समस्याग्रस्त सफ्टवेयरलगायतमा व्यापक सुधारपछि उडान अनुमति प्रदान गरिएको हो । म्याक्स जेट विमानहरु २० महिनायता ग्राउन्डेड बस्नुपरेको थियो ।
यो मोडलका विमानको बिक्री विश्वभर उल्लेख्य मात्रामा भए पनि दुर्घटनापछि विश्वभर ग्राउन्डेड गरिएका थिए । विमान दुर्घटनापछि यसको निर्माण प्रकृतिको पुनः अध्ययन गरिएको थियो। सो क्रममा सेफ्टी फिचरमा समस्या भेटिएको थियो । यी विमान ग्राउन्डेड हुँदा बोइङलाई २० अर्ब डलरभन्दा बढी नोक्सानी भएको थियो। यतिमात्र नभई कम्पनीले नयाँ विमानको माग समेत गुमाउनुपरेको थियो । विमानले सेवाका लागि अनुमति पाउने आशा र प्रतीक्षाका बीच कम्पनीको सेयर मूल्य समेत बढ्नथालेको छ ।
एफएएको अनुमति पहिलो कदम मात्रै भएको बताइएको छ । यसअन्तर्गत ३२ देशका ५९ एयरलाइन्सले ३ सय ८७ वटा ग्राउन्डेड विमान उडाउने अनुमति पाएका छन् । त्यस्तै एफएएको अनुमतिमा अमेरिकाको अमेरिकन, युनाइटेड र साउथवेस्ट एयरलाइन्सले चलाउँदै आएका ७२ वटा म्याक्सजेट पर्ने बताइएको छ ।
एफएएले अनुमति दिए पनि सम्बन्धित देशले त्यसको प्रमाणीकरण गर्नुपर्ने हुन्छ । त्यस्तै पुनः यात्रु बोक्ने उक्त विमानले आवश्यक समाधान भएको प्रमाणीकरण गर्नुपर्ने एफएएले जनाएको छ । केही हप्ताभित्रै यसको प्रक्रिया सुरु हुनेछ । त्यस्तै अहिलेसम्म अमेरिकन एयरलाइन्सले मात्रै उडान तालिका सार्वजनिक गरेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया