Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारविश्वचर्चित प्रविधि कम्पनीहरुले दिए पाकिस्तान छोड्ने चेतावनी

विश्वचर्चित प्रविधि कम्पनीहरुले दिए पाकिस्तान छोड्ने चेतावनी


इस्लामाबाद ।
विश्वचर्चित इन्टरनेट तथा प्रविधि कम्पनीहरुले पाकिस्तानले डिजिटल विषयवस्तुलाई नियन्त्रण गर्न लागेको आरोप लगाउँदै पाकिस्तान छोड्ने चेतावनी दिएका छन् । गुगल, फेसबुक र ट्विटरलगायतका चर्चित कम्पनीहरुले परम्परागत इस्लामिक देश पाकिस्तानमा अभिव्यक्ति स्वतन्त्रताको हनन गर्न लागेको भन्दै पाकिस्तानबाट बाहिरिने चेतावनी दिएका हुन् ।

समाचार संस्था एपीका अनुसार गत बिहीबार एसिया इन्टरनेट कोलिसन (इन्टरनेट तथा सामाजिक सञ्जाललगायत प्रविधि कम्पनीहरुको संघ)ले उक्त चेतावनी दिएको हो । बुधबार प्रधानमन्त्री इमरान खानले सरकारी मिडिया नियन्त्रकहरुलाई डिजिटल विषयवस्तु नियन्त्रण गर्न असीमित अधिकार प्रदान गरेसँगै कम्पनीहरुको यस्तो प्रतिक्रिया सार्वजनिक भएको हो । कोलिसनले भनेको छ, ‘पाकिस्तानको नयाँ कानुनले इन्टरनेट कम्पनीहरुलाई लक्ष्य गरेको छ र यसबाट हामी सशंकित भएका छौँ ।’

नयाँ नियन्त्रणसम्बन्धी कानुनअनुसार सामाजिक सञ्जाल वा इन्टरनेट सेवा प्रदायकले इस्लामलाई होच्याउने, आतंकवादलाई प्रश्रय दिने, घृणा जगाउने, यौनिक अश्लीलतालाई प्रवद्र्धन गर्नेजस्ता विषयवस्तु राखेमा ३१ लाख ४० हजार अमेरिकी डलरसम्म ती कम्पनीहरुले जरिवाना तिर्नुपर्नेछ । पाकिस्तानले भने त्यस्ता विषयवस्तुले राष्ट्रिय सुरक्षामा गम्भीर धक्का दिने दाबी गरेको छ ।

नयाँ कानुनअनुसार ती कम्पनीहरुले यस्ता विषयवस्तु छाप्नुअघि नियामक निकायलाई देखाउनुपर्ने प्रावधान पनि राखिएको छ । त्यस्तै पाकिस्तानले इन्टरनेट कम्पनीहरुले देशभित्र आफ्नो कार्यालय खोल्नुपर्ने पनि कानुनमा उल्लेख गरेको छ । तर पाकिस्तानको यस्तो प्रावधानले आफूहरुलाई सेवा सञ्चालन गाह्रो पर्ने भन्दै पाकिस्तान छोड्ने चेतावनी दिएका हुन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया